२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

अमेरिकी र चिनियाँ कुटनीतिज्ञ नेपाल आउँदै, प्रधानमन्त्रीसँगको भेट अनिश्चित

अमेरिकी र चिनियाँ कुटनीतिज्ञ नेपाल आउँदै, प्रधानमन्त्रीसँगको भेट अनिश्चित
सारा रोजर्स
अ अ+ अ-

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै विदेशी कुटनीतिज्ञहरुको नेपाल आगमन तिब्र भइसकेको छ, तर उनीहरुको चाहना विपरीत प्रधानमन्त्री शाहले कसैलाई पनि एक्लाएक्लै भेट दिइरहेका छैनन् ।

यहीबीच अमेरिकी र चिनियाँ कुटनीतिज्ञहरु नेपाल आउँदैछन् । अमेरिकी दूतावासका अनुसार, यसपटक अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि शनिबार नेपाल आउन लागेकी हुन् । वर्तमान सरकार गठनपछि नेपाल आउन लागकी रोजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनेछिन् ।

यसअघि बैशाख ७ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आएका थिए । कपुरको भ्रमण सकिएको एक सातापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत सर्जियो गोर पनि नेपाल आएका थिए ।

दुवै अमेरिकी अधिकारीसँग प्रधानमन्त्री शाहले भेट गरेका थिएनन् । प्रधानमन्त्री शाहसँग उपविदेशमन्त्री रोजर्सको भेट हुने वा नहुने निश्चित भइसकेको छैन तर उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भने भेट गर्ने जनाइएको छ ।

नेपाल भ्रमण गरेका अमेरिकी उच्च अधिकारीसँग अर्थमन्त्री र परराष्ट्रमन्त्री खनालले भेटवार्ता गरेका थिए ।

निकै दबाब पछि प्रधानमन्त्री शाहले नेपालमा रहेका कुटनीतिज्ञहरुसँग सिंहदरबारमा सामूहिक भेटवार्ता गरेका थिए । उनले सरकार गठन भएको दुई महिनाको अवधिमा भारतीय, चिनियाँ र अमेरिकी समेतका राजदूतहरुलाई औपचारिक रुपमा एक्लाएक्लै भेट गरेका छैनन् ।

उता, चीनको सिचाङ स्वायत्त क्षेत्रीय सरकारका उपाध्यक्षको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल काठमाडू आएको छ । उपाध्यक्ष चाओ पेङको नेतृत्वको टोली सोमबार नेपाल आएको हो । यो टोलीसँग पनि प्रधानमन्त्रीको भेट हुने सम्भावना न्यून रहेको बताइएको छ ।

बरू, प्रधानमन्त्री शाहले अज युरोपेली युनियनका सदस्य मुलुकका राजदूतहरूलाइ सिंहदरबारमा सामूहिक भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सरकार १०० दिनमा गर्नुपर्ने काममा व्यस्त रहेकाले उपयुक्त समयमै भारत भ्रमण हुने बताएका थिए । कुटनीति परिचालनमा निकै सुस्त देखिएका प्रधानमन्त्री शाहले आगामी दिनमा के कस्तो तयारी गर्ने हुन् त्यो भने हेर्न बाँकी छ ।