७ श्रावण २०८३, बिहीबार
,
Latest
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा



अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।

आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार, उक्त सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न केही समय लिन सक्ने बताइएको हो । रिपोर्टमा उद्धृत एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार दुवै पक्षबीच सकारात्मक प्रगति भइरहेको छ र केही दिनभित्र सम्झौता सम्पन्न हुन सक्ने अपेक्षा गरिएको छ ।

यद्यपि, सम्झौता अझै अन्तिम चरणमा रहेकाले सबै प्रक्रिया पूरा भएपछि मात्र औपचारिक घोषणा गरिने जनाइएको छ । यस सम्भावित सम्झौताले क्षेत्रीय शान्ति तथा आणविक कार्यक्रमसम्बन्धी चासोलाई सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, यस विषयमा विस्तृत सहमति सार्वजनिक भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्ना प्रतिनिधिहरूलाई वार्तामा धैर्यता र सावधानी अपनाउन सुझाव दिएको बताउनुभयो । उहाँले दुवै पक्षले पर्याप्त समय लिएर सोचविचारपूर्वक उचित निर्णयमा पुग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । साथै, अमेरिकाले इरानका बन्दरगाहहरूमाथि लागू गरेको नाकाबन्दी सम्झौता औपचारिक रूपमा स्वीकृत, प्रमाणित र हस्ताक्षर नभएसम्म यथावत् रहने जानकारी पनि दिइएको छ ।




भर्खरै