२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार



अ+ अ-

काठमाडाैँ । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको छ । मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८३ को टोलीले एक महिला र पुरुषलाई उद्धार गरेको हो ।

उद्धार गरिएका उनीहरुलाई धनगढी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिनुभयो । “आज धनगढीमा उद्धार गर्दैछौं, गत वैशाख २८ गते मेचीबाट सुरु भएको यात्राका क्रममा १२० जनाको उद्धार गरिएको छ”, उहाँले भन्नुभयो ।

मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस भनेर काँकरभिट्टास्थित मेची पुलबा यात्रा सुरु गरेको थियो । यात्रा कञ्चनपुर–कैलाली हुँदै आइतबार बाँके पुग्नेछ । आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा र आयोजक मानव सेवा आश्रमको टोली उद्धारका लागि यहाँ आइपुगेको हो ।

आश्रमका सदस्य सापकोटाले सडकआश्रित मानवहरूको उद्धारका लागि देशव्यापी यात्रामा रहेको बताउनुभयो । उहाँले मानव सेवा आश्रमका देशका विभिन्न स्थानमा ३३ वटा सेन्टर रहेको जानकारी दिनुभयो । गायिका आनी छोइङ डोल्माले यात्रामा आर्थिक व्यवस्थापन गर्नुभएको छ भने मानव सेवा आश्रमले अन्य व्यवस्थापकीय भूमि निभाउँदै आएको छ ।