५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले सार्वजनिक गर्‍याे राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका



अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ।

आयोगले जेठ ६ गते बसेको बैठकको निर्णयअनुसार विभिन्न संगठनात्मक तथा निर्वाचनसम्बन्धी गतिविधिहरू समयबद्ध रूपमा सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको हो। सो कार्यतालिका प्रदेश तथा जिल्ला तहका संरचनालाई लक्षित गरी तयार गरिएको छ।

निर्णयअनुसार ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठनको काम जेठ ७ गतेदेखि १५ गतेसम्म सम्पन्न गरिनेछ। त्यसैगरी आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने कार्य जेठ ७ देखि १० गतेभित्र पूरा गर्ने उल्लेख छ।

जिल्ला तथा स्थानीय अधिवेशनसम्बन्धी प्रतिवेदन संकलन जेठ ७ देखि २० गतेसम्म गरिनेछ भने जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने कार्य जेठ ३० गतेभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने कार्य जेठ २५ गतेसम्म र प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण बुझाउने कार्य असार ५ गतेभित्र गर्न निर्देशन दिइएको छ।

केन्द्रीय निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ मेसिन सम्बन्धी छलफल तथा तयारीसमेत असार ५ गतेसम्म सम्पन्न गर्ने जनाएको छ।

आयोगले सबै प्रदेश समिति सभापतिहरूलाई आफ्नो मातहतका जिल्ला समितिसँग समन्वय गर्दै निर्धारित कार्यतालिकाअनुसार कार्य सम्पादन गर्न आग्रह गरेको छ।

पत्रमा आवश्यक समन्वय र सहकार्यमार्फत महाधिवेशनलाई सफल बनाउन सबै तहका नेतृत्वलाई जिम्मेवार भूमिका निर्वाह गर्न पनि अनुरोध गरिएको छ।




भर्खरै