१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो



अ+ अ-

विराटनगर । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा आम नागरिकको उत्साह देखिएको छ । 

जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको हो । व्यक्तिको उचाइअनुसार नौ वटा चक्कीसम्म खान हुने सो औषधि छारेरोग, गर्भवती महिला, सुत्केरी महिला, सिकिस्त बिरामी र दुई वर्षभन्दा कम उमेरका बालबालिका सेवन गर्न नहुने चिकित्सकले बताएका छन् । 

जुकाको औषधिसमेत खुवाइने यो अभियान मोरङमा १४ दिनसम्म चल्ने र करिब १० लाख मानिसले सेवन गर्ने स्वास्थ्य कार्यालयका अधिकृत धरणीधर निरौलाले बताउनुभयो । उहाँले यो औषधि सेवन गराउन जिल्लाभरि ७३२ जना स्वयंसेवक परिचालन भएको र यसपटकको औषधि सेवन ११ औँ हो भन्नुभयो ।

सो अवसरमा इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले यो औषधि सेवन गर्न योग्य मानिसलाई प्रतिकूल असर नगर्ने भएकाले निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले हात्तीपाइले जस्तो रोगले मानिसलाई अपाङ्गसम्म बनाउनसक्ने भएकाले यो औषधि सेवन गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रदेश नं १ का स्वास्थ्य सचिव डा अनुज भट्टचन र सङ्घीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राले पनि औषधि सेवनले मानिसको जीवन सरल र स्वस्थ्य हुने बताउनुभयो ।