१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

किन रोज्छन् ‘भीआईपी’ हरु डिल्लीबजारको कारागार ?

किन रोज्छन् ‘भीआईपी’ हरु डिल्लीबजारको कारागार ?
अ अ+ अ-

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई गत सोमबार पुर्पक्षमा कारागार चलान गर्नुअघि काठमाडौं जिल्ला अदालत, प्रहरी र कारागार प्रशासनका अधिकारीबीच अनौपचारिक कुराकानी भयो । विषय थियो– ‘उनलाई कुन कारागार पठाउने ?’ उनलाई कुन कारागार जाने भनेर सोधियो ।महराले डिल्लीबजार कारागार रोजे । जेलर अरुण पोखरेलले सबै प्रक्रिया पुर्याएर ‘क’ ब्लकमा पाँचजना बन्दी अट्ने ‘साझा कोठा’ मा महरालाई राखे ।

कारागारमा महरा प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीका ‘रुम पार्टनर’ बनेका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका ठकुरीलाई पनि चार महिनाअघि सर्वोच्चमा सोधिएको थियो– ‘कुन कारागार जान चाहनुहुन्छ ?’ उनले पनि डिल्लीबजार रोजेका थिए । सुडान घोटाला प्रकरणमा ०७४ वैशाख१७ मा दोषी ठहर भएपछि सम्पर्कविहीन उनी दुई वर्षपछि ०७६ असार १९ मा सर्वोच्चमा उपस्थित भएका थिए ।

ठकुरीलाई उनकै आग्रहमा डिल्लीबजार सदरखोर चलान गरियो । महरा र ठकुरीजस्तै ‘भीआईपी’ कैदीबन्दीहरूको रोजाइ पनि सोही कारागार छ ।

को–को छन् ‘भीआईपी’ कैदी ? डोलबहादुर कार्की (पूर्वसांसद), रमेशचन्द ठकुरी (पूर्वआईजीपी), रेशमलाल चौधरी (सांसद), रञ्जनकुमार कोइराला (सशस्त्रका पूर्वडीआईजी), कृष्णबहादुर महरा (पूर्वसभामुख तथा सांसद)

पहिले को–को बसेका थिए ? प्रदीपजंग पाण्डे (पूर्वअध्यक्ष, नेउवा महासंघ), श्यामसुन्दर गुप्ता (पूर्वमन्त्री), खुमबहादुर खड्का (पूर्वमन्त्री), चिरञ्जीवी वाग्ले (पूर्वमन्त्री), ओमविक्रम राणा (पूर्वआईजीपी), हेमबहादुर गुरुङ (पूर्वआईजीपी), सञ्जयकुमार साह (पूर्वराज्यमन्त्री), श्यामसिंह थापा (पूर्वएआईजी), रविप्रताप राणा (पूर्वएसएसपी), दीपकसिंह थाङदेन (पूर्वएआईजी), हर्कराज, पन्त (सशस्त्रका पूर्वडीएसपी), दीपककुमार श्रेष्ठ (पूर्वडीआईजी), बालकृष्ण ढुंगेल (पूर्वसांसद), जयप्रकाशप्रसाद गुप्ता (पूर्वमन्त्री), राजीव गुरुङ (गण्डकी प्रदेश सांसद), सियाराम कुशवाहा (गाउँपालिका अध्यक्ष)

अन्य कारागारको तुलनामा चाप कम तथा पायक पर्ने लोकेसनका कारण कैदीबन्दीले डिल्लीबजार रोज्ने गरेको कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले बताए । ‘कैदीको चाप कम छ, लोकेसन पनि उपयुक्त ठाउँमा छ । भेटघाट सुविधा सहज छ,’ उनले भने, ‘केन्द्रीय कारागार, नख्खु वा कैदीबन्दीको चाप कम भएका अन्य कारागारमा यस्तो सहज अवस्था छैन । त्यसैले कैदीबन्दीको रोजाइ डिल्लीबजार भएको हो ।’

यद्यपि कैदीबन्दीलाई कुन कारागार पठाउने भन्ने अन्तिम निर्णय अदालतबाटै हुने उनले बताए । विभागका अनुसार केन्द्रीय कारागारमा प्रतिदिन कैदीबन्दीलाई भेट्न आउनेको संख्या पाँच सयभन्दा बढी छ । त्यति नै संख्यामा आफन्तसँग टेलिफोन गर्न लाइन हुन्छ । डिल्लीबजार कारागारमा यस्तो झन्झट कम भएको घिमिरेको भनाइ छ । अकुत सम्पत्ति आर्जनमा सर्वोच्चबाट दोषी ठहर भएका पूर्वगृहमन्त्री खुमबहादुर खड्काले डिल्लीबजार नै रोजे ।

२०६९ भदौ ६ मा डिल्लीबजार चलान भएकाखड्का १ वर्ष ६ महिना कैद भुक्तान गरेर छुटे । हाल उनको निधन भइसकेको छ । अकुत सम्पत्ति आर्जन गरेको कसुरमा २०६८ फागुन ९ मा सर्वोच्च पुगेका तत्कालीन बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता सोही दिन दोषी ठहर भए । डेढ वर्ष कैद र ८४ लाख रुपैयाँ जरिवाना सजाय पाएका गुप्तालाई उनकै आग्रहमा डिल्लीबजार कारागार लगियो । भ्रष्टाचार अभियोगमै पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले डिल्लीबजार कारागारमै बसेर कैद भुक्तान गरे ।

सुडान प्रकरणमा दोषी ठहर भएका पूर्वआईजीपी ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्वएआईजीद्वय दीपकसिंह थाङदेन र श्यामसिंह थापा, डीआईजी दीपककुमार श्रेष्ठ, तत्कालीन माओवादी नेता एवं पूर्वसांसद बालकृष्ण ढुंगेल, एसएसपी रविप्रताप राणा, पूर्वमन्त्री श्यामसुन्दर गुप्ता, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह लगायतले पनि आफ्नै आग्रहमा डिल्लीबजार रोजेका थिए । पूर्वसांसद डोलबहादुर कार्की, सशस्त्रका तत्कालीन डीआईजी रञ्जनकुमार कोइराला र राजपा सांसद रेशमलाल चौधरीलगायत पहुँचवालाले पनि डिल्लीबजार कारागार नै रोजेर कैद भुक्तान गरिरहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डे कैद अवधिभर अस्पताल बसे । तर उनको कैद सजाय भुक्तानीको अभिलेख भने डिल्लीबजार कारागारमै छ । पूर्वसुरक्षाकर्मी, प्रशासक, मन्त्री र सांसद मात्रै होइन, गुन्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङ र दीपक मनाङ्गे भनिने राजीव गुरुङलगायत जघन्य अपराध अभियोगमा सजाय पाएकाले पनि डिल्लीबजार कारागार नै रोजेका थिए । कारागार चलानअघि सामान्यतः कैदीबन्दीलाई उपलब्धमध्ये कुन कारागार जाने भनेर सोध्ने चलन रहेको काठमाडौं जिल्ला अदालतका कर्मचारी बताउँछन् ।

डिल्लीबजार कारागारका जेलर अरुण पोखरेल पनि महानिर्देशक घिमिरेकै भाषामा सहमति जनाउँदै डिल्लीबजार कारागार अधिकांश भीआईपी कैदीको रोजाइमा पर्नुमा चाप र भीडभाड कम मुख्य कारण रहेको तर्क गर्छन् । ‘१० वर्षयताको विवरण हेर्दा विगतमा सार्वजनिक पद धारण गरिसकेका कैदीबन्दीहरूले थुनामा रहने सजाय भुक्तानका लागि डिल्लीबजार कारागार रोजेको पाइयो,’ उनले भने, ‘अरू कारागारका तुलनामा यहाँ कैदीबन्दीको भीड छैन ।

आफूलाई भेट्न आउनेलाई पनि सहज होस् भन्नेहरूले केन्द्रीय कारागारभन्दा डिल्लीबजारलाई अनुकूल मानेको हुन सक्छन् ।’ सर्वोच्च, विशेष, काठमाडौं र भक्तपुर जिल्ला अदालतले सजाय तोकेका तथा पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेकाहरूलाई केन्द्रीय र डिल्लीबजार कारागार चलान गरिँदै आएको छ । सामान्य हैसियत भएका बन्दीलाई खाली भएका जुनसुकै कारागारमा लगिन्छ । राजनीतिक र आर्थिक पहुँच भएकालाई भने कारागार लैजानअघि कहाँ जाने भनेर सोध्ने गरिएको प्रहरीकै एक अधिकारीको भनाइ छ । कान्तिपुर दैनिकबाट