१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

बिग मर्जरमा बैंकहरू देखिएनन् इच्छुक, मर्जरमा जानेलाई ०७८ असारसम्म विशेष सुविधा

बिग मर्जरमा बैंकहरू देखिएनन् इच्छुक, मर्जरमा जानेलाई ०७८ असारसम्म विशेष सुविधा
अ अ+ अ-

काठमाडौं । वाणिज्य बैंकहरूबीच मर्जर (बिग मर्जर) गराउने राष्ट्र बैंकको प्रयास सफल हुनेमा शंका देखिएको छ । सबै वाणिज्य बैंकहरूले मर्जरमा जान तयार रहेको प्रतिबद्धता राष्ट्र बैंकलाई व्यक्त गर्दै आएका छन् । तर, हालसम्म एकजोडीबाहेक अन्य कुनैको पनि औपचारिक प्रक्रिया अगाडि बढेको छैन । ‘असोजको पहिलो सातासम्म प्रतिबद्धता आइरहेको थियो,’ राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले भने, ‘हामीले यसबीचमा सम्पर्क गर्दा केहीले सञ्चालक समितिमा प्रस्ताव लगेको त केहीले छलफल चलिरहेको बताएका छन् ।’

राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरूलाई केही सहुलियत पनि दिएको छ । कृषि, ऊर्जा, पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्याउनुपर्ने अवधि, कर्जा र निक्षेपको ब्याजदर अन्तर ४.४ पुर्याउनुपर्ने अवधि, चुक्ता पुँजीको २५ प्रतिशत अनिवार्य ऋणपत्र निष्कासन अवधिलाई बढाइएको छ । मर्जरमा जानेले ०७८ असार मसान्तसम्म यी काम गर्दा हुने सुविधा छ । जबकि अन्यलाई चालू आवभित्रमा पूरा गर्नुपर्ने व्यवस्था छ ।

यति मात्र होइन, शाखा विस्तारमा राष्ट्र बैंकको अनुमति लिनुनपर्ने, मर्जरमा जाने संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायतले ६ महिना नभई अन्य संस्थामा जान नपाउने प्रावधानसमेत लागू नहुने सुुविधा दिएको छ । यस्तो सरकारी सहुलियतका बाबजुद पनि बैंकहरू भने मर्जरमा जान चाहिरहेका छैनन् । ‘मौद्रिक नीति आउनुअगाडि बैंकहरू जति तातिएका थिए, पछिल्लो समय अवस्था त्यस्तो छैन,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘सायद मौद्रिक नीतिले स्वैच्छिक निर्णय गर्न खुला छोडेकाले पनि हो ।’

हुनत बिग मर्जरको चर्चा आउनेबित्तिकै यसको विरोध भएको थियो । यसले बैंकिङ पहुँच घट्ने, ठूला बैंकहरू हुँदा कुनै एकमा समस्या आए सम्पूर्ण अर्थतन्त्र नै धराशायी हुन सक्नेसमेत बताएका थिए । यहीकारण राष्ट्र बैंक दबाबमूलक मर्जरको नीतिबाट पछि हटेको थियो । यद्यपि, राष्ट्र बैंकले केही समयअघिसम्म अप्रत्यक्ष रूपमा दबाब भने जारी नै
राखेको थियो ।

गुमेको अवसर: राष्ट्र बैंकले ७ साउन ०७२ मा मौद्रिक नीति जारी गर्दै वाणिज्य बैंकलगायतको चुक्ता पुँजी ४ गुणासम्म वृद्धि गर्न निर्देशन दिएको थियो । मर्जर गराउने अन्तरनिहित उद्देश्यअनुसार चुक्ता पुँजी वृद्धिको प्रावधान ल्याइएको बताए पनि त्यसमा राष्ट्र बैंकले अडान छाडेपछि वाणिज्य बैंकहरूले या त साना संस्था मर्ज गरेर या स्वपुँजी हालेर पुँजी पुर्याए । बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी वृद्धि गर्न सो अवधिमा मात्रै ७० अर्बबराबरको हकप्रद सेयर र ९ अर्ब रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासन गरेका थिए ।

पूर्वाधार विकास बैंकभन्दा ठूला वाणिज्य बैंक ?पूर्वाधारमा लगानी बढाउन नै राष्ट्र बैंकले वाणिज्य बैंकहरूको मर्जर आवश्यक भएको तर्क गर्दै आएको छ । नेपालमा हाल एक मात्र पूर्वाधार विकास बैंक सञ्चालनमा छ । तर, यस संस्थाको पनि २० अर्ब मात्रै चुक्ता पुँजी रहेको छ । राष्ट्र बैंकले बिग मर्जरले सफलता पाएमा अधिकांश वाणिज्य बैंक हाल सञ्चालनमा रहेको पूर्वाधार विकास बैंकसरह वा सोभन्दा ठूला हुनेछन् । अहिले नै मर्जर प्रक्रियामा अघि बढिसकेको ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरपछि १७ अर्ब ११ करोड रुपैयाँको बैंक बन्नेछ ।

‘पूर्वाधार विकास बैंकको कामसमेत वाणिज्य बैंकबाट मात्र अपेक्षा गरिएको छ,’ एक पूर्वबैंकरले भने, ‘जबकि, वाणिज्य बैंकको मूल काम त्यो होइन, यो भुक्तानीका लागि हुन्छ, अलग–अलग उद्देश्यका लागि अलग–अलग खालका बैंकहरू आवश्यक पर्छन् ।’ पछिल्लो समय बैंकहरूले प्रविधिमा लगानी गर्न नसकिरहेकाले पनि मर्जरको आवश्यकता रहेको बताउन थालेको छ । नयाँ पत्रिका दैनिकबाट