१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

भारतले बलमिच्याइँ गर्यो: परराष्ट्रमन्त्री ज्ञवाली

भारतले बलमिच्याइँ गर्यो: परराष्ट्रमन्त्री ज्ञवाली
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले एकपक्षीय र बलमिच्याइँ ढंगबाट कालापानीलाई आफ्नो सीमामा राखेर नक्सा सार्वजनिक गरेको बताएका छन् । सो कदम सच्याउन नेपालले कूटनीतिक र राजनीतिक पहल शुरू गर्ने उनको भनाइ छ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले भारतीय कदमविरुद्ध बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

‘हाम्रो सीमा लिम्पियाधुराको कुटियाङ्दी नदी हो भन्ने प्रस्ट छ, तर अहिले एउटा सानो कृत्रिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालले विरोध जनाएको हो।’ उनले भने । ऐतिहासिक तथ्यका आधारमा सीमा विवाद सधैंका लागि अन्त्य गर्न राजनीतिक र कूटनीतिकरूपमा पहल हुने ज्ञवालीको भनाइ थियो।

सीमाक्षेत्र सुनिश्चित गर्न सीमास्तम्भमा जीपीएस सिस्टम राख्ने तयारी भएको बताउँदै उनले भने, ‘जीपीएस सिस्टम राखेपछि कहाँ हो सीमा भन्ने यकिन हुन्छ, कसैले पिलर सार्दैमा सीमा सर्दैन।’ भारतीय कदमविरुद्ध आइतबार पनि काठमाडौंसहित मुलुकका विभिन्न भेगमा विरोध प्रदर्शन भएको छ।

बैठकमार्फत निकास खोज्न भारत इच्छुक:कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल पक्ष एक भएपछि भारतले पनि सोही माध्यमबाट विवाद समाधान गर्ने चासो देखाएको छ।
भारतले परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमार्फत कालापानीलगायतका सीमा विवाद समाधान गर्ने इच्छा देखाएको हो। नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपालको पछिल्लो अडान अवगत गराएपछि बैठकमार्फत निकास खोज्न भारतले चाहेको परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ।

भारतले एकपक्षीय ढंगबाट नयाँ नक्सा सार्वजनिक गरेपछि सो कदमविरुद्ध नेपालमा तीव्र विरोध प्रदर्शन भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा शनिबार भएको सर्वदलीय बैठकमा नेपालको भूमि हस्तक्षेप हुन नदिन तत्काल कूटनीतिक पहल थाल्न सामूहिक सुझाव आएको थियो। गत भदौ पहिलो साता काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकले सचिवस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्न निर्देशन दिएको थियो। नेपाल समाचारपत्र दैनिकबाट