१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्यो यस्तो काम, अब सुत्केरीलाई…



अ+ अ-

बेझाड । प्रदेश नं ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सफल पाल्पाको पूर्वखोला गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने भएको छ ।

पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन सक्ने विविध समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको हो । सुत्केरी भएको तीन तथा सात दिनको समयमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि रु दुई लाख विनियोजन गरेको छ । दूरीको हिसाबले रु दुई सयदेखि रु पाँच सयसम्म यातायात खर्च नर्सलाई दिने र सुुत्केरी अवलोकन गरी फाराम भरेर रिपोर्ट गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयमा बुझाउनुपर्ने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताउनुभयो । सुत्केरीले स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गरेमा एक क्यारेट अण्डा उपलब्ध गाराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई कात्तिक ७ गते प्रदेश नं ५ मै ‘पूर्ण संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गरिएको थियो ।