१४ आश्विन २०८१, सोमबार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्यो यस्तो काम, अब सुत्केरीलाई…



अ+ अ-

बेझाड । प्रदेश नं ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सफल पाल्पाको पूर्वखोला गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने भएको छ ।

पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन सक्ने विविध समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको हो । सुत्केरी भएको तीन तथा सात दिनको समयमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि रु दुई लाख विनियोजन गरेको छ । दूरीको हिसाबले रु दुई सयदेखि रु पाँच सयसम्म यातायात खर्च नर्सलाई दिने र सुुत्केरी अवलोकन गरी फाराम भरेर रिपोर्ट गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयमा बुझाउनुपर्ने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताउनुभयो । सुत्केरीले स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गरेमा एक क्यारेट अण्डा उपलब्ध गाराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई कात्तिक ७ गते प्रदेश नं ५ मै ‘पूर्ण संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गरिएको थियो ।