३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरीले टोलीले गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दाका दुई हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ३६६, कोशी प्रदेशबाट ३२६, मधेसबाट ७३०, बागमतीबाट १९९, गण्डकीबाट २०४, लुम्बिनीबाट ३३०, कर्णालीबाट ६८ र सुदूरपश्चिमबाट ८४ जना पक्राउ परेका हुन् ।

उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको ८२५ वर्ष दुई महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ ।

उनीहरूबाट रु २१ करोड ५३ लाख ६९ हजार ११० जरिवाना असुलउपर गरिएको छ । प्रहरीले कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गर्दै आएको छ ।