२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डला नाट्यशालाका लागि आवेदन खुला



अ+ अ-

काठमाडौं । रङ्गमञ्च क्षेत्रमा अभियन, निर्देशन, लेखन सीप सिक्न चाहनेका लागि आवेदन खुला गरिएको छ । मण्डला नाट्यशालाले १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम सुरु गर्ने जनाउँदै आवेदन खुला गरेको हो ।

‘मण्डला ड्रामा स्कुल (एमडीएस)’ को तेस्रो ब्याचका लागि नाट्यशालाले देशभर खुला आवेदन आह्वान गरेको छ । युरोपियन युनियनको सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सुरु हुने मण्डला नाट्यशालाले जनाएको छ । प्रशिक्षणमा सहभागीहरूले अभिनय, निर्देशन, नाटक लेखन, सहभागितामूलक रङ्गमञ्च, प्राविधिक पक्ष तथा उत्पादन प्रक्रियासम्बन्धी अभ्यास गराइने मण्डलाको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘रिक्लेमिङ एड्भोकेसी थ्रु न्यारेटिभ्स, डिबेट्स, ग्रासरुट थिएटर एण्ड आट्र्स (रङ)’ परियोजनाअन्तर्गत यो कार्यक्रम अगाडि बढाइएको हो । समावेशीमूलक सहभागितामा जोड दिँदै नेपालका सातै प्रदेशबाट प्रत्येक प्रदेशमा दुई जनाका दरले १४ जना सहभागी गराइने आयोजकले जनाएको छ ।

छनोटका क्रममा महिला, दलित, जनजातिलगायत सीमान्तकृत समुदायलाई प्राथमिकता दिइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रशिक्षणमा सहभागी भएपछि सहभागीले नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव(निटफेस्ट) २०२८ मा मञ्चन गर्ने अवसरसमेत पाउनेछन् । यही जेठ १२ गतेसम्म आवेदन दिन सकिने विज्ञप्तिमा जनाइएको छ ।