२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का



अ+ अ-

काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गर्ने निर्णय गरेको छ।

यातायात व्यवस्था विभागले बिहीबार प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो।

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम बढ्दै गएको तथा आवागमनमा कठिनाइ उत्पन्न भएको छ। साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहज अवस्था सिर्जना भएकाले यस्तो निर्णय लिनुपरेको जनाइएको छ।

“सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” को दफा २४ उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था तथा सार्वजनिक हितका कारण कुनै पनि प्रकारका सवारी साधनको दर्ता रोक्का गर्न सकिने कानुनी व्यवस्था रहेको विभागले उल्लेख गरेको छ।

उक्त निर्णयअनुसार अब प्रदेश तथा स्थानीय तह अन्तर्गतका कार्यालयबाट सार्वजनिक सवारी साधन, इलेक्ट्रिक सार्वजनिक सवारी साधनसमेत, को नयाँ दर्ता तत्कालका लागि बन्द गरिनेछ।