१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

सीमा अतिक्रमणबारे भारतसँग वार्ताको तयारी हुँदै: प्रधानमन्त्री

सीमा अतिक्रमणबारे भारतसँग वार्ताको तयारी हुँदै: प्रधानमन्त्री
अ अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको सीमा अतिक्रमण भएको विषयमा भारतसँग वार्ताको तयारी गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सीमा अतिक्रमणबारे औपचारिक वार्ता अघि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको नेकपाको सचिवालय बैठकमा सोमबार जानकारी गराएका हुन् । सचिवालय बैठकमा भारतसँगको सीमा विवादबारे सरकारले गरिरहेको गृहकार्यबारे प्रधानमन्त्रीले ‘ब्रिफिङ’ गरेका थिए ।

‘प्रधानमन्त्रीज्यूले दुई देशको वार्तामा सरकारले लैजाने प्रस्तावको गृहकार्य भइरहेको जानकारी गराउनुभएको छ,’ सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आधिकारिक प्रमाणसहितको दस्ताबेज संकलनसँगै उचित कूटनीतिक संयन्त्रमा छलफल अघि बढाएर भारतसँग वार्ता गरिनेछ ।’ यसअघि प्रधानमन्त्रीले सरकारीनिवास बालुवाटारमा शनिबार सर्वपक्षीय बैठक डाकेर सीमा अतिक्रमणबारे छलफल गरेका थिए ।

सर्वपक्षीय बैठकमा पनि प्रधानमन्त्री ओलीले राष्ट्रिय भावनाका आधारमा भारतसँग कूटनीतिक संवाद थाल्ने बताएका थिए । अघिल्लो साता भारतले सुदूरपश्चिमको सीमान्त भूमि कालापानीलाई गाभेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ । भारतको गृह मन्त्रालयले नेपाली भूमि कालापानीलाई आफ्नो सीमाभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । नेपालको परराष्ट्र मन्त्रालयले पनि त्यस सम्बन्धमा विज्ञप्ति जारी गरी कालापानी नेपाली भूमि रहेको र यसबारे भारतले गर्ने एकपक्षीय निर्णय मान्य नहुने स्पष्ट पारेको थियो ।

आयोगहरूलाई पूर्णता दिँदै टुंग्यायो नेकपाले एकता:सत्तारुढ नेकपाले दुई केन्द्रीय निकाय र तीन आयोगका पदाधिकारी नियुक्त गरेर डेढ वर्षदेखि थाती रहेको एकीकरण टुंग्याएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय निकाय र आयोगका पदाधिकारी चयन गरेको छ । पूर्वएमाले समूहलाई दुई आयोग र एक केन्द्रीय निकाय तथा पूर्वमाओवादी समूहलाई एक आयोग र एक केन्द्रीय निकायको नेतृत्व हुने गरी भागबन्डा गरिएको छ ।

केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा र सचिवमा अशोक रोकाया चयन भएका छन् । बोहरा तत्कालीन एमालेमा पनि आयोगकै अध्यक्ष थिए । उनी वरिष्ठ नेता माधवकुमार नेपालनिकट छन् । त्यस्तै, निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल चयन भएका छन् । लेखापरीक्षण आयोगको अध्यक्षमा डा। पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् ।

तत्कालीन माओवादीमा केन्द्रीय आयोगहरू नभएकाले पूर्वमाओवादी समूहबाट भने नयाँ अनुहार समेटिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका कँडेल भने तत्कालीन एमालेमा त्यही आयोगका अध्यक्ष थिए । केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल, सचिवमा नन्दकुमार थापा चयन भएका छन् भने ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाँई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् । बडाल र ज्ञवाली पूर्वएमाले तथा प्रसाईं र थापा तत्कालीन माओवादी समूहका हुन् ।

नेकपाले प्रवास कमिटी नबनाउने: नेकपाले प्रवास कमिटीहरूलाई पार्टी कमिटीको हैसियतमा एकीकरण नगर्ने भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार प्रवासमा रहेका संगठनहरूमा संगठित पार्टी सदस्यहरूलाई वेग्लै ढंगले संगठित गर्ने विषयमा छलफल चलिरहेको जानकारी दिए ।

‘प्र्रवासमा पार्टी कमिटी नबनाउने पार्टीले निर्णय गरिसकेकाले प्रवासी नेपालीहरूलाई नेपालको विकासमा जागरुक गराउने, उनीहरूको हक हितको रक्षाका निम्ति कसरी संगठित गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘छलफल जारी रहेकाले छिट्टै निष्कर्षमा पुगेर अन्तिम रूप दिन्छौँ ।’

तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने:प्रवक्ता श्रेष्ठले बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल नभएको बताए । प्रधानमन्त्रीले सरकारको कामलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने सन्दर्भमा जुनसुकै वेला मन्त्रीहरू हेरफेर गर्न सक्ने भए पनि बैठकमा छलफल नभएको बताए । ‘प्रधानमन्त्रीज्यूले हेरफेरको प्रस्ताव ल्याउनुभएको छैन, बैठकमा प्रस्ताव आएपछि छलफल हुने हो, अहिले तत्काल हेरफेर हुँदैन, तर उहाँ (प्रधानमन्त्री)ले कसरी सोच्नुहुन्छ, त्यसमा भर पर्छ,’ श्रेष्ठले भने । नयाँ पत्रिका दैनिकबाट