९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावा बैंकद्वारा ‘कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा’ लगानी



अ+ अ-

काठमाडाैँ । साना तथा मझौला कर्जा लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताबमोजिम ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयन सुरु भएको छ ।

विकास र सहयोगका लागि स्वीस एजेन्सी र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजनाअन्तर्गत कोशी प्रदेश साना तथा मझौला उद्यम व्यवसायमा प्रवाहित हुने कर्जाको सुरक्षणका लागि उक्त योजना सञ्चालन गर्न लागिएको बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले जानकारी दिनुभयो ।

सो योजनाअन्तर्गत साना तथा मझौलास्तरका कृषि, उद्योग, सेवा व्यवसाय आदि क्षेत्रमा रु ३० लाखदेखि रु तीन करोडसम्मको कर्जा प्रवाह गरिनेछ । विसं २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको सो बैंकले सातवटै प्रदेशका ७७ जिल्लामा विभिन्न बैंकिङ सुविधा उपलब्ध गराएको छ ।