६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन बहसपत्र कार्यदलकाे राजनीतिक व्यक्तित्वहरूसँग छलफल सुरू



अ+ अ-

काठमाडौं ।  संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्रका लागि सुझाव संकलन गरेको हो। कार्यदलको संयोजन प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले गरेका छन्।

छलफलमा सहभागी राजनीतिक व्यक्तित्वहरूले संविधान संशोधनका विभिन्न पक्षमा आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। कार्यदलले प्राप्त सुझावलाई समेट्दै बहसपत्रलाई अन्तिम रूप दिने जनाएको छ।