११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी अन्दोलनमा अत्यावश्यक सवारी साधन जलेकाले आपत्कालीन उद्धारमा समस्या भयोः सांसद चौधरी



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपत्कालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले इटहरीमा पछिल्लो समय लगातार भइरहेका भीषण आगलागीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीमा आगलागी नियन्त्रणका लागि पर्याप्त साधन र पूर्वतयारी नहुँदा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको बताउनु भयो । आन्दोलनका क्रममा उपमहानगरपालिकाका दमकलसहितका अत्यावश्यक सवारी साधनहरू जलेपछि हाल इटहरीमा अग्नि नियन्त्रण सेवा ठप्प जस्तै रहेको उहाँले उल्लेख गर्नुभयो ।

दमकल नहुँदा आगलागीका समयमा नागरिकहरू भगवान् पुकार्नुपर्ने निरीह अवस्थामा पुगेको उहाँको भनाइ थियो । सांसद चौधरीले इटहरी उपमहानगरपालिकामा दमकलसहित करिव १५ करोड रुपैयाँ बराबरका सार्वजनिक सवारी साधनहरू जलेको जानकारी दिँदै ती साधनहरूको बिमा नगरिएकोमा कडा आपत्ति जनाउनु भयो । जनताको करबाट खरिद गरिएका सरकारी सम्पत्तिको बिमा नगराउनु जनप्रतिनिधिहरूको चरम लापरबाही भएको उल्लेख गर्दै उहाँले दोषीमाथि तत्काल छानबिन गरी कारबाही गर्न माग गर्नुभयो ।

सांसद चौधरीले भन्नुभयो, ‘जेन–जी आन्दोलन पश्चात इटहरीको मुख्य बजार क्षेत्रमा लगातार तीनवटा भीषण आगलागीका घटना भए । दमकलको अभावमा नागरिकहरू आफ्नै आँखा अगाडि आफ्नो सम्पत्ति जलिरहेको हेर्न बाध्य छन् । हिजो मात्रै इटहरीको कस्तूरी कलेजमा विद्युत् सर्ट भई आगलागी भयो, सौभाग्यवश मानवीय क्षति भएन, तर यस्तो अवस्थामा जिम्मेवारी कसले लिने ?’

उहाँले इटहरीमा तत्काल आधुनिक दमकल, एम्बुलेन्स र अन्य आपतकालीन उपकरणहरू उपलब्ध गराई सेवालाई प्रभावकारी बनाउन नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ ।