२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

काफल व्यापारी महिलाको आँसु पछि नगरपालिकाको कारबाहीको कदम

काफल व्यापारी महिलाको आँसु पछि नगरपालिकाको कारबाहीको कदम
अ अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सडक पेटी तथा फुटपाथ व्यवस्थापनका क्रममा काफल बिक्री गर्ने महिलामाथि नगर प्रहरीद्वारा भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिअनुसार घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने तथा पीडित महिलालाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराइने निर्णय गरिएको छ।

नगरपालिकाले आज प्रेस विज्ञप्ति जारी गर्दै जेठ ५ गते मंगलबार साँझ ५ बजे वडा नं ६ स्थित सिटी बसपार्क क्षेत्रमा काफल बिक्री गरिरहेकी महिलामाथि नगर प्रहरीबाट भएको व्यवहारप्रति गम्भीर चासो व्यक्त गरेको हो।

नगर प्रहरीले ती महिलाको डोकोमा रहेको काफल सडमकै पोखिदिएका थिए । नगर प्रहरीको उक्त कार्यको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । नगर प्रहरीको उक्त कार्यको चौतर्फी आलोचना भइरहेको छ ।

नगरपालिकाले यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने पनि जनाएको छ।