३१ श्रावण २०८३, आईतवार
,
Latest
नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा : सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा छिटो पदाधिकारी नियुक्त गर्न माग गर्नुभएको छ ।

नेता आङ्देम्बेले सार्वजनिक निकायमा पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट ती आयोगजस्ता संवेदनशील निकायमा पनि पदाधिकारी हटाउँदा शान्ति प्रक्रियाका बाँकी कामलाई किनारा लगाउन ढिला हुने बताउनुभयो ।

“ती आयोगलाई छिटो सक्षम र निष्पक्ष व्यक्ति ल्याएर सक्रिय पार्न जरूरी छ । द्वन्दका पीडितको दीर्घकालीन सङ्घर्ष निकै लम्बियो । यसमा गहिरो अन्तरराष्ट्रिय चासो पनि छ”, नेता आङ्देम्बेले भन्नुभयो, “विस्तृत शान्ति सम्झौताको दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितहरू न्याय पाउनबाट वञ्चित छन् । यस विषयमा संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक बर्नार्ड दुहाइमले आगामी जुनमा नेपालको भ्रमण गर्दैछन् भन्ने सुनिन्छ । विस्तृत शान्ति सम्झौता, सर्वाेच्च अदालतका फैसला र अन्तरराष्ट्रिय मापदण्ड अनुकूल बनाउन विद्यमान कानुनमा तेस्रो संशोधन गरिए ता पनि अझै धेरै कानुनी कमजोरी बाँकी छन्न् । नयाँ नियुक्ति गर्नुअघि ती कमजोरी सुधार्न सरकारको ध्यान जाओस् ।”