३१ श्रावण २०८३, आईतवार
,
Latest
सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा वन मन्त्रालयको प्राथमिकताः जडीबुटीदेखि कार्बन व्यापारसम्म



अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी बजेटमार्फत वन क्षेत्रलाई आयमुखी बनाउने रणनीतिलाई प्राथमिकतामा राख्ने भएको छ ।

विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले जडीबुटी, कार्बन व्यापार, पर्यटन तथा वनमा आधारित उद्योग विस्तारलाई केन्द्रमा राखेर बजेट निर्माणको काम भइरहेको बताउनु भयो ।

आगामी बजेटसम्बन्धी छलफलमा सचिव शर्माले वन क्षेत्रलाई केवल संरक्षणमा सीमित नराखी आर्थिक उत्पादन र रोजगारीसँग जोड्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार पशुपालनलाई वन व्यवस्थापनसँग एकीकृत गर्दै प्राणीजन्य पदार्थ र वनजन्य स्रोतलाई प्राङ्गारिक वस्तुको स्रोतका रूपमा विकास गर्ने योजनाका साथ बजेट निर्माणको काम अघि बढाइएको छ ।

पछिल्ला वर्षहरूमा वन डढेलोको जोखिम अत्यधिक बढेको उल्लेख गर्दै उहाँले यसलाई मन्त्रालयले बजेटमा उच्च प्राथमिकतामा राखिने बताउनु भयो । उहाँकाअनुसार यो वर्ष अवस्था केही नियन्त्रणमा रहे पनि अघिल्लो वर्ष डढेलोको ट्रेन्ड निकै भयावह थियो । राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि विशेष रणनीति आवश्यक रहेको उहाँले बताउनु भयो ।

कार्बन व्यापारलाई समेत सरकारले प्राथमिकतामा राखेको सचिव शर्माले बताउँदै नेपालले रेड–प्लस प्रणालीलाई थप विस्तार गर्ने तयारी गरिरहेको उल्लेख गर्नुभयो । उहाँले कार्बन व्यापारबाट हालसम्म प्राप्त उपलब्धि अपेक्षाअनुसार ठूलो नभएको स्वीकार गर्दै दुई वर्षअघि मात्रै पहिलो किस्ताका रूपमा ९.४ मिलियन प्राप्त भएको जानकारी दिनुभयो । दक्षिण कोरियासँग कार्बन व्यापारसम्बन्धी समझदारीपत्र (एमओयू) गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको र प्रक्रिया अन्तिम चरणमा रहेको समेत उहाँले जानकारी दिनुभयो ।

बाँदर नियन्त्रण गर्ने विरुद्ध मुद्दा नचल्ने

ग्रामीण क्षेत्रमा वन्यजन्तु–मानव द्वन्द्व, विशेषगरी बाँदर आतंक, अहिलेको गम्भीर समस्याका रूपमा रहेको सचिव शर्माको भनाइ छ । उहाँका अनुसार गाउँघर र खेतीयोग्य जमिनमा बाँदरले ठूलो समस्या सिर्जना गरेको छ ।

यसका लागि कानुनी तथा प्रशासनिक व्यवस्था थप सरल बनाउने तयारी भइरहेको छ । बाँदर नियन्त्रणका क्रममा संलग्न व्यक्तिविरुद्ध मुद्दा नचल्ने व्यवस्था राजपत्रमार्फत ल्याइएको जानकारी दिँदै उहाँले यसलाई अझ सहज बनाउने विषयमा छलफल भइरहेको बताउनु भयो ।

मन्त्रालयले यी विषयमा दीर्घकालीन र व्यवहारिक समाधान खोज्न मन्त्रालयका सचिव, सहसचिव, वन तथा कृषि क्षेत्रका विज्ञहरू सम्मिलित कार्यदल गठन गरेको पनि जनाएको छ । उक्त टोलीलाई तीन महिनाभित्र विस्तृत प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको सचिव शर्माले जानकारी दिनुभयो ।