२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड जेठ तेस्रो साता



अ+ अ-

काठमाडौं । सोह्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ १५ र १६ गते बागलुङमा हुने भएको छ ।

प्रतियोगिताको व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लाबाट गरी झन्डै एक हजार १०० खेलाडी सहभागी हुने परिषद्का सदस्यसचिव श्रीधर शर्माले जानकारी दिनुभयो ।

डेढ सयको सङ्ख्यामा अफिसियल सहभागी हुने उहाँको भनाइ छ । “सुरक्षा प्रबन्धदेखि अन्य तयारीका काम भइरहेको छ, जिल्ला खेलकुद विकास समिति बागलुङले स्थानीय रूपमा व्यवस्थापन र समन्वयको काम गरिरहेको छ”, सदस्यसचिव शर्माले भन्नुभयो ।

प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, भलिबल र कबड्डी गरी छवटा विधामा महिला र पुरुषतर्फका खेल सञ्चालन हुनेछन् । पालिका हुँदै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समितिका सचिव किशोर थापाले बताउनुभयो ।

एउटा जिल्लाबाट एक सयको हाराहारीमा खेलाडी सहभागी हुने उहाँको भनाइ । स्थानीय बाङ्गेचौर खेलमैदान र काठेखोलाको बिहुँमा रहेको कभर्डहलमा प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।

प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडी केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । पछिल्लो समय प्रदेशस्तरीय प्रतियोगिता आलोपालो रूपमा जिल्लामा गर्ने गरिएको सदस्यसचिव शर्माले बताउनुभयो ।

प्रतियोगिता सञ्चालनदेखि खेलका बजेट तथा कार्यक्रमलाई विकेन्द्रित गर्दै लगिएको उहाँको भनाइ छ । पन्धौँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गोरखा र १४औँ प्रतियोगिता नवलपुरमा आयोजना भएको थियो ।

सत्रौँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने जिल्ला १६र्औँ प्रतियोगिताको समापन समारोहमा घोषणा गरिने परिषद्ले जनाएको छ ।