२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमासकसमा कार बम विष्फोटः एक सैनिकको मृत्यु, १२ जना घाइते



अ+ अ-

काठमाडौँ। सिरियाको राजधानी दमासकसमा मंगलवार भएको एक कार बम विष्फोटमा परी एक सैनिकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

अधिकारीहरूकाअनुसार दमासकसको पूर्वी भागमा पर्ने बाब शर्की क्षेत्रस्थित रक्षा निकायको भवन नजिकै उक्त विष्फोट भएको हो ।

सेनाको एक टोलीले सो भवन नजिकै एउटा विष्फोटक पदार्थ फेला पारी त्यसलाई निष्क्रिय बनाउने प्रयास गरिरहेका बेला नजिकै पार्क गरिएको कार बम विष्फोट भएको मिडिया तथा सञ्चार प्रशासनले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूकाअनुसार विष्फोटको आवाज निकै शक्तिशाली थियो, जुन दमासकसका विभिन्न जिल्लाहरूमा सुनिएको थियो । विष्फोटलगत्तै उक्त क्षेत्रमा गोली चलेको आवाज समेत सुनिएको उनीहरूले बताएका छन् ।

बेलायतस्थित मानव अधिकारवादी संस्था ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ काअनुसार उक्त विष्फोट पूर्वी दमासकसमा रहेको हतियार प्रशासन मुख्यालयको प्रवेशद्वार नजिक भएको हो ।

सरकारी टेलिभिजन अल–इखबरियाले सुरुमा अल–द्वैला क्षेत्रमा अज्ञात कारणले विष्फोट भएको रिपोर्ट गरे पनि पछि अधिकारीहरूले घटनाको विस्तृत विवरण सार्वजनिक गरेका थिए ।

सन् २०२४ डिसेम्बरमा पूर्वराष्ट्रपति बसर अल–असदको सत्ता पतन भएपछि सिरियामा ठूलास्तरका युद्धहरूमा केही कमी आएपनि सुरक्षा चुनौतीहरू अझै कायम छन् ।

मुलुकमा कार बम विष्फोट, इजरायली हवाई आक्रमण र विगत १४ वर्ष लामो गृहयुद्धका क्रममा बाँकी रहेका विष्फोटक पदार्थहरूका कारण बेलाबेला यस्ता सुरक्षा घटनाहरू भइरहेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल