१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

नेपालमा चिनियाँ पर्यटक आगमन बढ्दो क्रममा, राष्ट्रपति सीको भ्रमण फलदाई

नेपालमा चिनियाँ पर्यटक आगमन बढ्दो क्रममा, राष्ट्रपति सीको भ्रमण फलदाई
अ अ+ अ-

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्न थालेको छ। भ्रमणका क्रममा चिनफिङले नेपाल दक्षिण एसियामा चिनियाँले मन पराउने मुलुक भएको, भ्रमण वर्षमा चीनले सहयोग गर्ने र चिनियाँको आकर्षणको गन्तव्य लुम्बिनी भएको बताएका थिए। राष्ट्रपतिको भ्रमणले चिनियाँको नेपाल भ्रमण बढाउन सहयोग पुर्याएको पर्यटन व्यवसायी बताउँछन्।

एउटै भ्रमण टोलीमा १ सय १५ चिनियाँ पर्यटक नेपाल घुम्न आएको विषयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले सीको भ्रणमको सकारात्मक प्रभावका रूपमा मंगलबार सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्। चिनियाँ पर्यटक वृद्धि सन् २०२० को निम्ति पनि राम्रो संकेत भएको मन्त्री भट्टराईको भनाइ छ। नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो)का अध्यक्ष अशोक पोखरेल सीको भ्रमणले पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको बताउँछन्।

सी उच्च स्तरका व्यक्तित्व भएकाले सी जहाँ गयो त्यति चिनियाँ पर्यटक जाने र सीले सकारात्मक प्रतिक्रिया दिएका मुलुकमा देशका पर्यटक जान खोज्नुलाई सकारात्मक नै मान्नुपर्ने बुझाइ पोखरेलको छ। अपेच्छाअनुसार र एकैपटक ह्वात्तै बढेको भने होइन। नेपालमा सन् २००१ देखि नै चिनियाँ पर्यटक भित्र्याउँदै आएका सुवाङची टुर्सका प्रबन्ध निर्देशक विशेष श्रेष्ठका अनुसार पछिल्लो समय चिनियाँ पर्यटकको पहुँच र हवाई सञ्जाल बढेको छ। वायुसेवा निगमको शाङहाइ उडान हुँदा यो ट्राभलले २० वटा चिनियाँ पर्यटकको कोटा पाउने गरेको थियो।

त्यो समयदेखि अहिले असीमित पर्यटक ल्याउन पाउने समयलाई हेर्दा चिनियाँको नेपालप्रतिको आकर्षण बढेको बुझाइ श्रेष्ठको छ। उनका अनुसार सीको भ्रमण पछिल्लो समय एउटा कारण हुन पनि सक्छ तर मुख्य कारण चाहिँ कनेक्टिभिटी नै हो। सन् २०२० पनि चीनले २१ वटा मुलुकसँगै नेपाललाई पनि पर्यटकीय गन्तव्यका रूपमा खुला गरेको छ। कनेक्टिभिटी नबढाउँदासम्म अपेच्छाअनुसार पर्यटक बढाउन गाह्रो हुने चिनियाँ पर्यटकलाई केन्द्रित गरेर सेवा दिइरहेको टुर्स एजेन्सीको भनाइ छ।

चिनियाँ पर्यटकलाई थप आकर्षित गर्न अवैधानिक गतिविधि रोक्नुपर्ने र चिनियाँले वी च्याट र अली पेबाट गर्ने कारोबार अनुगमन गर्नुपर्ने व्यवसायीको सुझाव छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी चीनबाट पर्यटक ल्याउन सकिने गरी बजार बढिरहेको बताउँछन्। यसका लागि एयर कनेक्टिभिटीमा प्राथमिकता दिनुपर्छ। बोर्डले गर्ने गतिविधिका कारण चिनियाँ गन्तव्य प्रवर्द्धनमा सहयोग पुगेको छ। बोर्डले वार्षिक ७/८ वटा औपचारिक कार्यक्रम चीनमा गर्न थालेको छ। बोर्डले मिडियासँगको सहकार्य, सामाजिक सञ्जाल तथा प्रवर्द्धनात्मक गतिविधि बढाइरहेको छ।

हाल बोर्डले चीन प्रवद्र्धमा मात्रै वार्षिक नौ करोड रुपैयाँ खर्च गर्न थालेको छ। सन् २०२० का लागि चीनबाट मात्रै साढे तीन लाख पर्यटक ल्याउने लक्ष्य लिइएको छ। यो संख्या अहिलेको तुलनामा दोब्बर हुने बोर्डका सीईओ जोशीले बताए। चीनबाट पाँचवटा वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन्। चीनबाट एयर चाइनाले सातामा १ सय २७ र २ सय ८१ सिट क्षमताका जहाजबाट १० वटा र चाइना इस्टर्नले १ सय ३२ सिट क्षमताको जहाजबाट १४ वटा उडान गर्छ।

यस्तै, चाइना साउदर्नले १ सय २० देखि २सय ८६ सिट क्षमतासम्मका सात प्रकारका जहाजबाट सातामा १४ उडान गरिरहेको छ। सिचुवान एयरलाइन्सले १ सय ३१ सिट क्षमताको जहाजबाट सातामा चारवटा, तिब्बत एयरलाइन्सले १ सय २८ सिट क्षमताको जहाजबाट सातामा दुईवटा उडान गरिरहेको छ। नेपालबाट भने हिमालय एयरलाइन्सले मात्रै भर्खरै चीनमा पहुँच बढाएको छ। राष्ट्रिय ध्वजाबाहकले भने प्रयास गरिरहेको भए पनि अनुमति पाइसकेको छैन।

सरकारले चिनियाँ पर्यटक प्रवर्द्धन गर्न र चीनलाई आधार बनाएर उडान संख्या बढाउने गरी हवाई सेवा सम्झौता बढाएको छ। चीनबाट सन् २०१९ को १० महिनामा मात्रै एक लाख ३४ हजार पर्यटक भित्रिएका छन्। सन् २०२० मा यो संख्या साढे तीन लाख बनाउन हालको संख्यालाई दोब्बर गर्नुपर्ने चुनौती पनि छ। अन्नपुर्णपोष्ट दैनिकबाट