१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को कुस्ती खेलको लागी सिंगारिन थालियो जनकपुर कभर्डहल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को कुस्ती खेलको लागी सिंगारिन थालियो जनकपुर कभर्डहल
अ अ+ अ-

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को कुस्ती खेल जनकपुरमा गर्ने निर्णयसँगै आयोजक नेपाललाई खेलस्थल छान्न हम्मे पर्यो । खुला ठाउँ तिरहुतिया गाँछीमा अस्थायी संरचना बनाउने कि साँघुरो कभर्डहल मर्मतसम्भार गर्ने । यी दुवै ठाउँको तयारी आयोजकका लागि चुनौतीपूर्ण बन्यो । समय थोरै, तयारी धेरै गर्नुपर्ने बाध्यताबीच कुस्तीका लागि जनकपुरस्थित जीर्ण कभर्डहलको मर्मतसम्भार गर्न थालिएको छ ।

२०४२ सालमा निर्माण गरिएको कर्भडहललाई पहिलोपल्ट कुस्ती प्रतियोगिता गर्न मर्मतसम्भार र रंगरोगन थालिएको छ । काठमाडौंपछिको दोस्रो ठूलो यस कर्भडहलले निर्माण भएको ३४ वर्षपछि पुनर्जीवन पाउने भएको छ । मुजेलियास्थित कभर्डहलको अग्लो पर्खालमा बाँसको भर्याङ चढेर मजदुरहरू मंगलबार रंगरोगन गर्न व्यस्त थिए । हलभित्रको दर्शक बस्ने प्यारापिटलाई व्यवस्थित बनाइँदै छ । शौचालय र स्नानगृह पूरै भत्काएर नयाँ बन्दैछ । साँघुरो भएपछि कर्भडहलको पश्चिमी प्यारापिट भत्काइएको छ ।

कर्भडहलमा कुस्तीको दुइटा रिंग बनाइने छ । ‘३४ वर्षसम्म उपेक्षित कभर्हहलको बल्ल मर्मतसम्भार थालिएको छ,’ टेबलटेनिसका प्रशिक्षक अनिल घिमिरेले भने, ‘जीर्ण हललाई सबैतिर टाल्नु र मर्मतसम्भार गर्नुपरेको छ ।’ कभर्डहललाई केसरिया रंगले रंगिँदै छ । रातदिन खटेर मजदुरले कभर्डहललाई चिटिक्क बनाउँदै छन् । टुटेका र भत्केका ठाउँलाई टालटुल पारिँदै छ । मंसिर २० देखि जनकपुरमा हुने कुस्तीका लागि खेलाडीहरू मंसिर १७ मै जनकपुर आइपुग्दै छन् । उनीहरूको बसाइका लागि जनकपुरका सबै ठूला होटल बुक गरिएको छ ।

जनकपुरको कर्भडहल धनुषा जिल्ला खेलकुद विकास समितिको संरक्षण र रेखदेखमा छ । तर, बजेट र पूर्वाधारको अभावमा त्यहाँ प्रशिक्षक बस्ने एक–दुई कोठाबाहेक प्रायः सबै ठाउँ जीर्ण अवस्थामा थियो । ‘सबैतिर मर्मत गरेर भए पनि साग कुस्तीलाई व्यवस्थित र भव्य बनाउने हाम्रो योजना छ,’ प्रशिक्षक घिमिरेले भने, ‘मर्मतसम्भारको गति तीव्र बनाइएको छ । प्रतियोगिताको दिनसम्म सबै ठीकठाक हुनेछ ।’

सागमा पुरुष र महिला दुवैको कुस्ती यसै कभर्डहलमा हुनेछ । कभर्डहलको मर्मत, रंगरोगन, बत्ती जडान, शौचालय निर्माण, खानेपानी व्यवस्थापक, दर्शक बस्ने स्थानको मर्मत निर्माणको काम तीव्र पारिएको छ । जनकपुरको कर्भडहलमा पहिलोपल्ट अर्न्तराष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । चार दिन चल्ने कुस्तीका लागि ८ देशका १ सय ६० पुरुष, महिला खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, निर्णायक जनकपुर आइपुग्ने छन् ।

कभर्डहलको मर्मत र रंगरोगन धमाधम भइरहेको खेलकुद विकास समिति धनुषाका प्रशासकीय अधिकृत विनोद सिंहले बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले साग कुस्ती खेलका लागि कभर्डहल मर्मतका लागि २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको उनले बताए । कर्भडहलमा चेन्जिङ रुम र अन्य कार्यकक्ष निर्माण भइरहेको छ । प्रतियोगिता हुने समय थोरै भएकाले मर्मतसम्भारको काम राति पनि गर्नुपरेको सिंहले बताए ।

कभर्डहलमा करिब १ हजार दर्शक अट्ने प्यारापिट रहेकाले बाहिर स्क्रिन राखेर पनि देखाइने योजना छ । वर्षौदेखि फुटेका झ्याल र ढोकामा नयाँ सिसा लगाइएको छ । कर्भडहलको प्रयोगविहीन शौचालयमा टायल लगाइँदै छ । खेलका लागि आवश्यक उज्यालोका लागि बत्तीको व्यवस्था गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले प्रदेश २ का जिल्लाहरूमा कुस्ती प्रख्यात रहेकाले सागमा दर्शकले घुइँचो लाग्ने बताए ।

‘पहिलोपल्ट जनकपुरमा अन्तर्राष्ट्रिय खेल हुँदै छ । त्यो पनि यस क्षेत्रको विशेष पहिचान भएको कुस्ती हुनेछ । यसले जनकपुर र प्रदेश २ को खेलकुद विकासमा मदत पुग्ने विश्वास छ,’ उनले भने । कान्तिपुर दैनिकबाट