१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

दक्षिण एसियाकै महँगो विद्युत् नेपालको, अझै बढाउने प्राधिकरणको प्रस्ताव

दक्षिण एसियाकै महँगो विद्युत् नेपालको, अझै बढाउने प्राधिकरणको प्रस्ताव
अ अ+ अ-

काठमाडौं । नेपालमा साधारण उपभोक्ताले उपभोग गर्ने विद्युत्को शुल्क दक्षिण एसियाकै महँगोमध्येमा पर्छ । विद्युत् प्राधिकरणले अहिले घरायसी ग्राहकलाई प्रतियुनिट ३ देखि १३ रुपैयाँसम्ममा विद्युत् उपलब्ध गराउँदै आएको छ । नियामक निकायको प्रभावकारी नियमन नहुँदा घरबहालमा बस्ने उपभोक्ताले प्रतियिुनट १४ रुपैयाँभन्दा बढी महसुल घरभेटीलाई बुझाउनुपर्ने बाध्यता छ । यो शुल्क दक्षिण एसियाको भुटान, अफगानिस्तान, पाकिस्तान र बंगलादेशको महसुलभन्दा बढी तथा भारत र श्रीलंकासँग समान छ ।

तर, प्राधिकरणले साधारण, अत्यावश्यक ग्राहकको यथावत् राखेर औद्योगिक उपभोक्ताको विद्युत् महसुल बढाउने तयारी गरेको छ । बंगलादेश र पाकिस्तानले प्रतियुनिट ६ रुपैयाँ ८४ पैसामा विद्युत् उपलब्ध गराइरहेको छ । अफगानिस्तानले ५ रुपैयाँ ७२ पैसा तथा भुटानले सबैभन्दा कम २ रुपैयाँ ५ पैसा प्रतियुनिटका दरले विद्युत् उपलब्ध गराइरहेको ग्लोबल इलेक्ट्रिसिटी प्राइस इन्डेक्सले देखाएको छ ।

उत्पादन नै कम हुँदा विद्युत् महँगो: नेपालमा विद्युत् उत्पादन नै कम भएकाले महसुलको चालू दर केही महँगो भएको हो । विद्युत् उत्पादन पनि एक शताब्दीभन्दा बढी समयमा १२ सय मेगावाटभन्दा बढी हुन सकेको छैन । तर, २० हजारभन्दा बढी खोलाबाट २ लाख मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने विभिन्न संस्थाको अध्ययनले देखाएको छ । ‘हालसम्म नेपालमा विद्युत् उत्पादन कम थियो र प्राधिकरण पनि घाटामा थियो,’ तत्कालीन महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतकुमार भुसालले भने, ‘अब उत्पादन पनि केही बढेको छ, लोडसेडिङ हटेको छ ।

विद्युत् महसुल समायोजन गरी गार्हस्थ र औद्योगिक ग्राहकको महसुल पनि कम गर्नुपर्छ ।’ पछिल्ला वर्ष ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो जस्ता प्राधिकरणका र निजी क्षेत्रका केही जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेका छन् । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने ५ हजार मेगावाट निर्यात गर्ने सरकारको लक्ष्य छ । सोहीअनुसार चालू आर्थिक वर्षमा कम्तीमा १ हजार मेगावाट विद्युत् थप हुने प्राधिकरणको प्रक्षेपण छ ।

साधारण उपभोक्ताको महसुल नबढ्ने गरी समायोजन प्रस्ताव: लोडसेडिङका वेला डेडिकेटेड महसुल (६५ प्रतिशतसम्म बढी महसुल) तिरेर विद्युत् सेवा लिँदै आएका औद्योगिक ग्राहकले महसुल घटाउन र डेडिकेटेड शुल्कको व्यवस्था हटाउन माग गरिरहेका छन् । विद्युत् नियमन आयोगले समेत महसुल समायोजनमा चासो देखाइरहेका वेला प्राधिकरणले सबै वर्गका महसुल समायोजन गर्न प्रस्ताव गरेको छ । त्यसमा साधारण उपभोक्ताको विद्युत् महसुल भने साबिक दर नै कायम गरिएको छ । तर, औद्योगिक ग्राहकलाई भने हालको डिमान्ड शुल्क यथावत् राखी इनर्जी शुल्क ५ प्रतिशत बढाउन प्रस्ताव गरिएको छ ।

डेडिकेटेड, ट्रंक, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, ११ केभी रिङमेन लाइनबाट विद्युत् सेवा लिने ग्राहकलाई इनर्जी शुल्कमा १५ प्रतिशत थप हुने गरी महसुल प्रस्ताव गरिएको छ । तल्लो भोल्टेजस्ता विद्युत् सेवा लिने विद्युतीय यातायात तथा सामुदायिक खानेपानी वर्गका लागि डिमान्ड शुल्क हटाउने र महसुलसमेत कम गर्ने प्रस्ताव गरेको छ । ११ केभी लाइनबाट विद्युत् सेवा लिने सामुदायिक खानेपानीका ग्राहकका लागि पनि महसुल घटाउने प्रस्ताव गरेको छ ।

‘प्राधिकरणको प्रस्ताव अपूर्ण’:विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार प्राधिकरणले सबै उपभोक्ताको महसुल समायोजनको दर आयोगलाई प्रस्ताव गरेको छ । तर, आयोगले भने थप तथ्यांकहरूसहित रीतपूर्वक प्रस्ताव पेस गर्न प्राधिकरणलाई पत्र लेख्ने भएको छ । ‘हाल आयोगले उपभोक्ताको विद्युत् महसुल निर्धारणसम्बन्धी निर्देशिका २०७६ सुझाबका लागि सार्वजनिक गरेको छ,’ अध्यक्ष सिंहले भने, ‘मन्त्रालय र अन्तर्गतका धेरै निकायले सुझाब दिनै बाँकी छ, उनीहरूको सुझाब आएपछि १–२ दिनभित्रै निर्देशिकालाई अन्तिम रूप दिएर जारी गर्नेछौँ ।’

प्राधिकरण नाफा कमाउने संस्था होइन, घाटामा चाहिँ जानुभएन: जगतकुमार भुसाल पूर्वअध्यक्ष, तत्कालीन (विद्युत् महसुल निर्धारण आयोग) : विद्युत् महसुल निर्धारणका लागि हामीले दुईवटा विषयलाई ध्यान दिने गरेका थियौँ । त्यो के भने विद्युत् प्राधिकरणको वित्तीय अवस्था र उपभोक्ताको वर्ग । प्राधिकरण नाफा कमाउनेभन्दा सेवामूलक हुनुपर्ने सरकारी स्वामित्वको संस्था हो । त्यसैले प्राधिकरणले नाफा कमाएर बहादुरी देखाउनेभन्दा गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह हुने गरी महसुल दर प्रस्ताव गर्नुपर्छ ।

अर्को कुरा, आयोग भनेको प्राधिकरणको प्रस्तावमा सदर, बदर वा घटबढ गर्ने निकाय मात्र होइन, प्राधिकरणको सञ्चालनमा आर्थिक संकट नपर्ने गरी उपभोक्ताको हितलाई ध्यानमा राखेर आफैँले महसुल दर निर्धारण गर्न सक्छ । मेरो कार्यकालमा हामीले यही गरेका थियौँ । साबिक महसुल नै कामय गर्ने हो भने पनि न्यूनतम २० युनिटका लागि न्यूनतम शुल्क तोकिएको थियो भने त्यसलाई बढाएर २५ वा ३० युनिट पु¥याउन सकिन्छ ।

४ सय युनिटभन्दा बढी प्रयोग गर्नेलाई प्रतियुनिट १३ रुपैयाँ नै कायम गर्ने हो भने युनिट खपतको सीमा बढाएर ५ सय वा ६ सय युनिट बनाउन पनि सकिन्छ । खाना पकाउन र सवारीसाधन सञ्चालन गर्नसमेत विद्युत्को प्रयोग बढाउन सकिन्छ । त्यस्तै, डेडिकेटेड सेवा र शुल्कको व्यवस्था गर्ने हो भने त्यस्तो सेवा दिँदा सेवा प्रवाहमा कुनै अवरोध आए प्राधिकरणले उपभोक्तालाई पेनाल्टी तिर्ने व्यवस्थासमेत गर्नुपर्छ । कान्तिपुर दैनिकबाट