२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी अर्थतन्त्रमा सुधार, वृद्धि २.१ प्रतिशत पुग्यो



अ+ अ-

टोकियो। जापानको अर्थतन्त्र सन् २०२६ को पहिलो त्रैमासमा अपेक्षाभन्दा सकारात्मक वृद्धि हासिल गर्न सफल भएको छ ।

सरकारी प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा देशको वास्तविक कुल गार्हस्थ उत्पादन वार्षिक आधारमा २.१ प्रतिशतले विस्तार भएको हो ।

जापान सरकारअन्तर्गतको मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा त्रैमासिक आधारमा अर्थतन्त्र ०.५ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ । यो वृद्धि अघिल्लो तीन महिनाको अवधिसँग तुलना गरिएको हो ।

विश्लेषकहरूले यस वृद्धिलाई जापानको आर्थिक गतिविधिमा क्रमिक सुधारको संकेतका रूपमा व्याख्या गरेका छन् । उपभोग, सेवा क्षेत्रको सक्रियता तथा व्यवसायिक लगानीमा आएको सुधारले अर्थतन्त्रलाई टेवा दिएको अनुमान गरिएको छ । निर्यात गतिविधिमा स्थिरता आउनुका साथै पर्यटन क्षेत्रको पुनरुत्थानले पनि आर्थिक वृद्धिमा सहयोग पुगेको बताइएको छ ।

विश्वव्यापी आर्थिक अनिश्चितता, ऊर्जा मूल्यको उतारचढाव तथा मुद्रास्फीतिको दबाबबीच पनि जापानले सकारात्मक आर्थिक वृद्धि कायम राख्न सफल भएको तथ्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा कमजोर उपभोग र सुस्त उत्पादन गतिविधिबाट प्रभावित जापानी अर्थतन्त्र विस्तारै पुनः लयमा फर्किन थालेको संकेत देखिएको छ ।

अर्थतन्त्रमा देखिएको वृद्धिले रोजगारी, लगानी तथा उपभोक्ता विश्वासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यद्यपि, अन्तर्राष्ट्रिय व्यापार वातावरण, मुद्रास्फीति तथा विनिमय दरको अवस्थाले आगामी महिनाहरूमा जापानको आर्थिक गतिमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

सरकारले आगामी समयका लागि आर्थिक पुनरुत्थानलाई निरन्तरता दिन आन्तरिक माग वृद्धि, उद्योग प्रवद्र्धन तथा दीर्घकालीन आर्थिक स्थायित्वमा केन्द्रित नीति अघि बढाउने अपेक्षा गरिएको छ । (रासस/सिन्ह्वा)