१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि



अ+ अ-

पोखरा। गण्डकी प्रदेशको बर्खे अधिवेशन जेठ ११ गतेदेखि हुने भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ ११ गते दिउँसो २ बजेका लागि अधिवेशन डाकेका हुन् ।

जेठ ११ गते अपराह्न २ बजेबाट अधिवेशन आह्वान गरिएको हो । जेन्जी आन्दोलनका क्रममा नदीपुरमा रहेको प्रदेश सभा सचिवालय ध्वस्त भएपछि यस पटकको अधिवेशन पोखराको मालेपाटन स्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा हुने छ ।

प्रदेशसभा सचिवालय रामघाट स्थित तत्कालीन पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयमा सारिए पनि त्यहाँ सभा हल तयार भएको छैन ।

प्रदेशसभाका सचिव गोविन्द पौडेलले संरचना अभावका कारण अस्थायी व्यवस्थापन गरी बैठक सञ्चालन गर्न लागिएको बताउनुभयो ।