• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत

बज्र ग्रुपले ढोलाहिटीमा “सोमानी ग्रान्ड़े” शोरुम खोल्यो



काठमाडौँ । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले, ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्रीवितरण गर्ने उधेश्यले, “सोमानी ग्रान्ड़े” शोरुम खोलेको छ । सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीद्वारा एक समारोह बीच उक्त शोरुमको समुद्घघाटन भएको हो । 

सोमानी सिरामिक्स भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्दछ । उद्योगमा अग्रगामी र सबैका लागि पछ्याउनको लागि उच्च मापदण्ड तय गर्दै कम्पनीले सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) मार्फत आफ्नो पदचिह्न विस्तार गर्दै लगेको छ ।

विगत ३० वर्षदेखि, आफ्नो ग्राहकहरुलाई सुपथ मूल्यमा बाथरुमका सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले “सोमानी ग्रान्ड़े ” शोरुम उद्घाटनको अवसरमा सामानको खरिदमा गिफ्ट भौचर राखेको थियो ।  स्थापनाकालदेखि आजको दिनसम्म थुप्रै परियोजनाहरुमा नियमित रुपमा सामाग्रीहरुको बिक्रीवितरण गर्र्दै आएको यस कम्पनी, ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँ सम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ ।