३१ श्रावण २०८३, आईतवार
,
Latest
शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा



अ+ अ-

काठमाडाैँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्रथमिकतामा राखेको छ । समस्याग्रस्त सहकारीमा स–साना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्त्व दिइएको हो । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।

भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले समस्याग्रस्त सहकारीमा १० हजार रुपैयाँभन्दा कम भएका बचतकर्तालाई रकम फिर्ता गर्न सुरू गरिएको बताउँदै यस कार्यलाई निरन्तरता दिइने र क्रमिक रूपमा ठूला बचतकर्ताको निक्षेप पनि फिर्ता गरिने जानकारी दिनुभयो ।

निक्षेपकर्ताको बचत फिर्ताका लागि समस्याग्रस्त सहकारीहरूको ऋण असुली गर्ने कामसमेत भइरहेको जनाइएको छ । करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ समस्यामा छ । सहकारीपीडितको रकम फिर्ता गर्ने उद्देश्यले चक्रीय कोष सञ्चालनको कार्यविधि तयार पारेको मन्त्रालयले स्रोत व्यवस्थापन लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।

त्यसैगरी, मन्त्रालयले सोमबारदेखि सहकारी व्यवस्थापन समितिमार्फत ३७८ जना सहकारी सदस्यका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताको निक्षेप फिर्ता गरेको हो । बैंक भेरीफाइ भएका बचतकर्ताको रकम फर्काइएको मन्त्रालयले जनाएको छ ।