१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति र प्राथमिकताले ‘भुइँमान्छे’ लाई समेट्न सकेनः सांसद राई



अ+ अ-

काठमाडाैँ । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले ग्रामीण क्षेत्रका वास्तविक समस्या र आम नागरिकलाई सम्बोधन गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद राईले अर्थमन्त्री विद्वान भएपनि उहाँले ल्याएको प्राथमिकतामा देशको यथार्थ चित्रण हुन नसकेको टिप्पणी गर्नुभएको हो । उहाँले महत्वपूर्ण विषयमा सदनमा छलफल भइरहँदा मन्त्रीहरूको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै यसलाई जनताले नजिकबाट नियालिरहेको बताउनु भयो ।

सांसद राईले पहाडी क्षेत्रको तिब्र बसाइँसराइ र जनसाङ्ख्यिक सङ्कटप्रति सरकारको ध्यानकर्षण गराउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको विभेदबारे चर्चा गर्दै उहाँले कोशी प्रदेशका पहाडी जिल्लामा एउटा पनि मेडिकल कलेज नहुनु दुःखद् भएको बताउनु भयो । गरिबका छोराछोरीले पनि चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्थाका लागि पहाडी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न उहाँले माग गर्नुभयो । साथै, देश विकासका लागि आवश्यक पर्ने इन्जिनियर, डाक्टर, कृषि र वन विज्ञजस्ता जनशक्तिको प्रक्षेपण गरी उत्पादन गर्ने ठोस योजना बजेटमा आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पहाडबाट मान्छेहरू धमाधम बसाइँ सर्दै छन्। गाउँमा सरकारको भन्दा बाँदरको आतङ्क बढी छ। मृत्यु हुँदा मलामी जाने मान्छेसम्म नपाइने अवस्था छ । ८३ प्रतिशत भू–भाग र ५४ प्रतिशत जनसङ्ख्या भएको हिमाल–पहाडलाई प्राथमिकतामा राखिएन भने १०–१५ वर्षपछि यो क्षेत्र जङ्गलमा परिणत हुनेछ ।’

कृषि क्षेत्रको सुधारका लागि स्थानीय तहमार्फत किसानको उत्पादन (मकै, गहुँ, उखु आदि) खरिद गर्ने र बजारको सुनिश्चितता गर्ने व्यवस्था मिलाउन उहाँले सुझाव दिनुभयो । यसैगरी, कोशी प्रदेशको धनकुटास्थित नमस्ते झरना, राजारानी ताल र भेडेटारजस्ता पर्यटकीय स्थलको विकासले आर्थिक रूपान्तरणमा सहयोग पुग्ने भएपनि सरकारले त्यस्ता क्षेत्रलाई प्राथमिकतामा नराखेको उनको गुनासो छ ।