६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विनियोजन विधेयकमा अमरेश सिंहको आपत्ति, मधेस शब्द पनि उच्चारण नभएको जिकिर



अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकारले संसदमा ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको विरोध गर्नुभएको छ ।

मधेसका लागि सो विधेयकमा कुनै पनि शब्द समेत उल्लेख नगरिएको जिकिर गर्दै उहाँले विरोध गर्नु भएको हो । मंगलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले राणा कालदेखि बन्न शुरु गरेको हुलाकी राजमार्ग सम्पन्न गर्नुपर्नेमा सरकारले कुनै शब्द समेत उच्चारण नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

त्यस अवसरमा उहाँले मधेसले सबै भन्दा बढि मत दिएपनि सरकारले सो क्षेत्रको उपेक्षा गरेको भन्दै आपत्ति जनाउनु भयो । सांसद सिंहले मधेश विष्फोटको अवस्थामा रहेको भन्दै सो भन्दा अघि नै उपचारको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘विनियोजन पढदाखेरी मधेसका लागि त्यहाँ केही पनि देखिएन । राणाकालदेखि जो हुलाकी राजमार्ग छ । तर उक्त विधेयकमा हुलाकी भन्ने शब्द पनि लेखिएको छैन । राणाकालपछि बनेको हुलाकी राजमार्ग आजसम्म सम्पन्न भएको छैन । कही पुल छैन, कही रोड नै छैन । त्यसपछि दुई वटा राजमार्ग बन्यो । मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग । तर ११० वर्ष पुरानो हुलाकी राजमार्ग आजसम्म बनेको छैन । मैरै क्षेत्रमा क्रश गर्छ, त्यहाँ पनि बनेको छैन । विकास, निर्माण जहिले पनि जनताको लागि हुन्छ । भूगोलको लागि होइन । मधेसको सबै क्षेत्रको इन्डेक्स कर्णाली प्रदेशको भन्दा पनि विलो छ । त्यसका लागि एउटा विशेष प्याकेजको घोषणा हामीले सोचेका थियौ । किनकी मधेसको यो सरकारमाथि किन पनि अधिकार छ भने सबै भन्दा बढि भोट मधेशले दिएको छ । म सरकारलाईं आग्रह गर्न चाहन्छु–मधेस विष्फोटको स्थितिमा छ । त्यो विष्फोट हुनु अघि त्यसको उपचार गरौैं ।’

सांसद सिंहले सरकारले मधेस प्रदेशको विकासका लागि विशेष खालको प्याकेज कार्यक्रम ल्याउनुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।–