३१ श्रावण २०८३, आईतवार
,
Latest
शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले मापदण्ड विपरितका अस्पतालहरुमाथि कडा कारबाही गर्नुपर्छः सांसद ढकाल



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरितका अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो ।

सांसद ढकालले सरकारले स्वास्थ्यकर्मीहरुलाई तत्काल उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता क आँैल्याउनु भयो । संविधानमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धि मौलिक हकलाई लागू गरी सरकारले स्वास्थ्यकर्मीहरुको उचित सम्मान गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

सांसद ढकालले भन्नुभयो,‘स्वास्थ्य सेवा खस्किदै गएको छ । विरामी र आफन्तहरु गुनासो गर्न बाध्य छन । संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा किन लागू हुन सकेको छैन ? मापदण्ड नपुगेका अस्पताल, स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गरोस् । र स्वास्थ्यकर्मीलाई सरकारले सम्मानजनक ढंगले पारिश्रमिक दिइयोस् ।’

सांसद ढकालले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने प्रयास गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।