१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

गुरुवागाउँमा भेडा जुधाएर बहादुरी

गुरुवागाउँमा भेडा जुधाएर बहादुरी
अ अ+ अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुग्नुभएको छ ।

बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा जुधाउन आउने गर्नुभएका घनश्याम यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ । “लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका घनश्यामले भन्नुभयो, “सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छ भने त्यसको मूल्य रु २५/३० हजार भइहाल्छ ।”

डुडुवा गाउँपालिका–४ बाट भेडा जुधाउन आउनुभएका दौलतप्रसाद यादवले भेडा लडाउने खेल सोखका लागि हुने गरेको बताउनुहुन्छ । “भेडा लडाउने हाम्रो सोख हो, पाल्ने, लडाउने, हारेपछि बगरेलाई दिने”, यादवले भन्नुभयो, “लाडकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।”

उहाँका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडालाई गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु २० हजार पर्दछ ।

भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरिएको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक रमेशकुमार बर्माकोे भनाइ छ ।

मेलामा भेडापालक किसान स्वःस्फूर्त रूपमा भेडा ल्याएर जुधाउने गरेको बर्मा बताउनुहुन्छ । केही सौैखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिकरूपमा भेडा पाल्ने किसान भने नरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै गुरुवागाउँ मेलामा भेडा जुधाउने किसानको सङ्ख्या घट्दै गएको छ । “२०–२२ पुग्ला भनेको त्यो पनि भएन, यो वर्ष धेरै रमाइलो हुन सकेन”, छिमेकी गाउँ गनापुरबाट भेडो लिएर गुरुवागाउँ पुगेका परशु धोबीले भन्नुभयो, “भेडा पाल्न सबैले छोडिसके, हामी त यही मेलाका लागि भनेर मात्रै मेहनत गर्दछौँ ।”

गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न सर्वसाधारण टाढाटाढाबाट आउने गर्दछन् । गुरुवागाउँ मेलाको मुख्य विशेषता नै भेडा जुधाउने खेल हो । तर यो वर्ष कम सहभागिताले भेडा जुधाइ हेर्न आएका सर्वसाधारणसमेत खिन्न हुनपुगे ।

धेरै वर्षदेखि गुरुवागाउँ मेला हेर्दै आउनुभएका खजूरा गाउँपालिका–३ निवासी सुमन सापकोटाले यो वर्ष भेडा जुधाइ हेर्न नपाएकोमा पछुतो लागेको बताउनुभयो । “म साँझपख पुगेँ, भेडा जुधाइ दिउँसै भएछ, मैले हेर्नै पाइनँ”, सापकोटाले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुग्नुभएका शालिकराम प्रत्येक वर्ष आउने गरेको बताउनुहुन्छ । यो वर्ष थोरै सहभागी भएकोले धेरैले हेर्न नपाएको उहाँले बताउनुभयो ।

अन्य वर्षको तुलनामा यसपटक गुरुवागाउँको मेलामा भेडा जुधाउन थोरै मात्रै आएको मेला व्यवस्थापन समितिका अध्यक्ष रामवचन कुर्मीले बताउनुभयो । मेला शुरु भएदेखिनै भेडा जुधाउने खेल हुँदैआएको उहाँले उल्लेख गर्नुभयो ।

गुरुवागाउँका ९२ वर्षीय भगौतीप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखिनै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउनुहुन्छ । “पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैनथ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो”, अहिरले भन्नुभयो, “तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएको छ ।”