१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
अ अ+ अ-

काठमाडाैँ ।  राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा जारी छ । सांसद नारायणदत्त मिश्रले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनिएता पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कुनै ठोस योजना नआएको र बहुआयामिक कृषिमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

सांसद झक्कुप्रसाद सुवेदीले युवालाई स्वेदशमा रोजगार दिने केही पनि योजना नदेखिएको र शिक्षा तथा स्वास्थ्य क्षेत्र नीजि क्षेत्रलाई दिएर सहजीकरण गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा देखिएको भनाई राख्नुभयो । सांसद प्रेमप्रसाद दङ्गालले अर्थतन्त्र उत्पादनमुखी बनाउनुपर्ने जरुरी भएको र बजारमा मूल्यवृद्धि कम गर्नका लागि मुलुकको अर्थतन्त्रलाई सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद पूजा चौधरीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा चुरे क्षेत्र संरक्षणको विषयमा केही नआएको र चुरे दोहनका कारण मधेस–प्रदेश पूरै सुक्खा भएकाले यसतर्फ सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद तुलप्रसाद विश्वकर्माले प्राकृतिक सुन्दरता नेपालीको पहिचान बनाएर नेपालको आर्थिक विकासको ढोका खोल्न सुझाव दिनुभयो । सांसद खम्मबहादुर खातीले जनतालाई खुसी बनाउनका लागि कर घटाउनुपर्ने र ३९ किसिमको कार नागरिकले तिरेको भए पनि खर्चको विवेचना गरेको नदेखिएको बताउनुभयो ।

उहाँले सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो । सांसद नरबहादुर विष्टले सहमति, सहकार्य र समन्वय गरेर राष्ट्रको उन्नति गर्ने खालको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हुँदा उपयुक्त हुने भनाइ राख्नुभयो । सांसद रामकुमारी झाँक्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उद्योग, कृषि, पर्यटनजस्ता विषयलाई समेटेर रोजगारी तथा आर्थिक उपार्जनमा सरकारले ध्यान दिन सुझाव दिनुभयो ।

सांसद जगत तिमिल्सिनाले निजी क्षेत्रको आत्मविश्वास बढाएर उद्यमशीलतालाई प्राथमिकतामा राख्दै राज्य नीति र बजेटमा स्पष्ट भएर विकास निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले संविधानले समाजवाद उन्मुखको परिकल्पना गरेको भए पनि सरकारले अर्थतन्त्रको पुनः संरचना गरी ग्रामीण अर्थतन्त्र विकास गर्न जल, जङ्गल र जडिबुटीमा स्थानीय जनतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद सम्झना देवकोटाले योगदानमा आधारित सामाजिक सुरक्षामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा ध्यान नदिएको उल्लेख गर्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गीता देवकोटाले संरचना विस्तार मात्रै नभई गुणस्तरीय शिक्षा र स्वास्थ्य, स्वास्थ्य बिमा कार्यक्रमको निरन्तरता दिनुपर्ने र शिक्षामा रोजगारी जोड्न सुझाव दिनुभयो । सांसद राजेन्द्र लक्ष्मी गैरेले वैदेशिक रोजगारीमा आएका युवालाई रोजगारीका साथै नेपालमै बस्ने नेपाली युवालाई सरकारले ध्यान दिएर युवा लक्षित कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

सांसद मीनासिंह रखालले समृद्ध नेपाल ठूला संरचना बनाउँदैमा नहुने जनाउँदै नागरिकको जीवनस्तरमा सुधार आउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद भुवनबहादुर सुनारले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउने र भूमीहीनलाई विशेष पहिचान गरी उचित व्यवस्थापन गर्न सुझाव दिनुभयो । सांसद गोमादेवी तिमल्सिनाले विस्तापित सुकुमवासीको उचित शिक्षा, स्वास्थ्य र आवासको व्यवस्था गर्दै बालबालिकाको शिक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा गरिबीको रेखामुनि रहेका वर्गलाई ध्यान दिनुपर्ने र आर्थिक रुपमा विपन्नलाई सरकारले बढी ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

सांसद रेनु चन्दले महिलाहरू विचार राखेकै भरमा ज्यान मार्ने धम्की, बलात्कारको धम्की दिने जस्ता डिजिटल हिंसाबाट आक्रान्त भएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल आजलाई सकिएको छ ।

राष्ट्रियसभाको यही जेठ ५ गते १ :१५ बजे बस्ने बैठकमा पुनः छलफल हुनेछ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट मन्त्रिपषिद्को गठनसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । अध्यक्ष दाहालले कार्यव्यवस्था परामर्श समितिमा सांसदहरुको नाम मनोनयनका लागि सांसदहरुमा पदमबहादुर परियार, मदनकुमारी साह गरिमा, रोशनी मेचे र मोहम्मद खालिदको नाम प्रस्ताव गर्नुभयो । बैठकले उक्त नाममा सहमति जनाएको थियो ।