१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

सरकारका नीति–प्राथमिकताले जनताको समस्या सम्बोधन गरेनन् : खुश्वु ओली

सरकारका नीति–प्राथमिकताले जनताको समस्या सम्बोधन गरेनन् : खुश्वु ओली
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकका वास्तविक समस्या समाधानभन्दा नारामुखी आशावाद प्रस्तुत गर्न केन्द्रित भएको आरोप लगाएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले सरकारले देशको सामाजिक तथा आर्थिक यथार्थलाई गम्भीर रूपमा विश्लेषण नगरेको बताउनुभयो ।

उहाँले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकताले मुलुकका विद्यमान समस्या समाधान गर्ने स्पष्ट आधार प्रस्तुत गर्न नसकेको जिकिर गर्नुभयो । “तत्काल सम्बोधन गर्नुपर्ने विषयहरूमा बजेटको फोकस आवश्यक छ,” उहाँले भन्नुभयो, “राजस्व दबाबमा छ, युवाहरू विदेश पलायन भइरहेका छन्, कृषि उत्पादन घट्दो छ, निजी क्षेत्र त्रसित छ, सार्वजनिक ऋणको भार बढ्दो छ र पूँजीगत खर्च अत्यन्त कमजोर अवस्थामा छ ।”

प्रमुख सचेतक ओलीले स्थानीय तहमा सेवा प्रवाहसमेत असमान रहेको उल्लेख गर्दै यस्ता यथार्थबीच सरकारले समस्या पहिचान गरी प्रभावकारी हस्तक्षेप गर्नुपर्नेमा पुनः नारामूलक आशावाद मात्रै प्रस्तुत गरेको अनुभूति भएको बताउनुभयो ।

उहाँले मुलुकको समृद्धिका लागि कृषि, पर्यटन, ऊर्जा लगायतका उत्पादनमुखी क्षेत्रको विकासमा सरकारले विशेष जोड दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।