१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक भोटेकोशी नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

काठमाडौंमा बिजुलीका तार जमिनमुनि गाडिँदै, पुसबाट काम शुरु

काठमाडौंमा बिजुलीका तार जमिनमुनि गाडिँदै, पुसबाट काम शुरु
अ अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका मुख्य सहरी क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने कार्य २०२० को जनवरीबाट सुरु गर्ने भएको छ । काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत तार भूमिगत कार्य सुरु गरेको दुई वर्षमा सम्पन्न हुने बताइएको छ । उपत्यकाको महाराजगन्ज तथा रत्नपार्क वितरण केन्द्रअन्तर्गतका तार भूमिगत गर्ने जिम्मा पाएको कम्पनी केइआई इन्डिस्ट्री इन्डियाले जनवरीबाटै काम सुरु गर्ने गरी निर्माणपूर्वका सम्पूर्ण तयारी पूरा गर्न लागेको प्राधिकरणले जनाएको छ ।

आयोजनाअन्तर्गत चार सय भोल्ट क्षमताको वितरण लाइन ५ सय किलोमिटरभन्दा बढी र ११ किलो भोल्टको चार सय किलोमिटरभन्दा बढी लाइन भूमिगत गर्न लागेको हो । यसका लागि मध्य तथा उत्तर, पूर्व तथा दक्षिण र पश्चिम गरी ३ आयोजना सञ्चालन भइरहेका छन् । प्राधिकरणले बिजुलीका तार भूमिगत गरेसँगै हाल प्राधिकरणको पोलबाटै प्रसारण भइरहेका इन्टरनेट, केबुल टेलिभिजन, टेलिफोनलगायत सेवाप्रदायकका केबुल (तार) समेत भूमिगत गर्न मिल्ने गरी सुरुङभित्र पाइप जडान गर्ने जनाएको छ ।

आयोजना सफल भए पोलमा जेलिएको तारले सहर कुरुप बनेका मुख्य सहरको सुन्दरता बढ्ने विश्वास गरिएको छ । तर, यसका लागि अन्य सेवाप्रदायक निकायले समेत समन्वय गर्नुपर्ने देखिएको छ । त्यस्तै, स्थानीय निकाय, प्रहरी, प्रशासन सबैको समन्वय आवश्यक हुने काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख पियुस मालाकारले बताए ।

पूर्व, मध्य र दक्षिण क्षेत्रमा जनवरीदेखि काम:उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महाराजगन्ज वितरण केन्द्रअन्तर्गत जनवरीदेखि विभिन्न भोल्टेजस्तरका लाइन भूमिगत गर्ने इन्जिनियर राजकुमार केसीले बताए । उनका अनुसार यस आयोजनाले बालुवाटार, लाजिम्पाट, टिचिङ हस्पिटल, गैह्रीधारा, बाँसबारीलगायत स्थानमा वितरण लाइन भूमिगत गर्नेछ । त्यस्तै, धापासी, सामाखुसी, गोंगबु, ओम अस्पताल, तारेभिर, सुन्दरीजल, शिवपुरीलगायत स्थानसम्मका लाइन भूमिगत गरिनेछ ।

आयोजनाको ठेकेदार कम्पनी केइआई इन्डिस्ट्री इन्डियाले सर्बे गरी डिटेल डिजाइन तयार गरिसकेको छ । आयोजनाको डिजाइन लगायत विषयमा कन्सल्टिङ भारतको सरकारी कम्पनी पावर ग्रिड अफ इन्डियाले गरिरहेको छ । यो आयोजना एसियाली विकास बैंकको साढे ३ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो । आयोजना हेर्ने कर्मचारी, कार्यालय लगायतको सञ्चालन खर्च भने नेपाल विद्युत् प्राधिकरणले व्यहोरिरहेको छ ।

त्यस्तै, उपत्यकाको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रत्नपार्क वितरण केन्द्रबाट विद्युत् प्रावाह हुने लाइन भूमिगत गरिनेछ । यो कामको जिम्मेवारी समेत केइआई इन्डिस्ट्री इन्डियाले नै लिएको छ । आयोजनाको आवश्यक सर्बे, डिटेल डिजाइनलगायत अध्ययनका सम्पूर्ण काम पूरा गरिरहेको आयोजनाका इन्जिनियर पूजन कट्टेलले बताए । ‘पाइप, केबुललगायत जडान उपकरणसमेत ल्याउन केइआईले सुरु गरिसकेको छ,’ उनले भने, ‘मंसिरदेखि नै काम सुरु गर्ने उसले जनाएको छ ।’

उनका अनुसार ड्रिलिङका लागि आवश्यक होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ (एचडिडी) मेसिनसमेत १/२ दिनभित्रै ल्याउने कम्पनीले जनाएको छ । आयोजनाअन्तर्गत रत्नपार्क वितरण केन्द्रबाट विद्युत् वितरण गरिने थापाथली, माइतीघर, रातोभाले, सिंहदरबार, पुतलीसडक, भत्केको पुल, ज्ञानेश्वर क्षेत्र वरपर पूर्व तथा दक्षिण क्षेत्रको लाइन भूमिगत गरिनेछ । यस आयोजनाका लागि पौने ४ अर्ब बजेट अनुमान गरिएको छ ।

पश्चिम क्षेत्रमा लाइन भूमिगत गर्न निर्माण कम्पनी छनोट हुँदै:काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत हाल निर्माणकर्ता छनोटको प्रक्रिया चलिरहेको छ । आयोजनाले आह्वान गरेको बोलपत्रमा प्राप्त ४ कम्पनीको प्रस्ताव मूल्यांकन कार्य भइरहेको छ । आयोजनाका लागि १ चिनियाँ र ३ भारतीय कम्पनीले बोलपत्र प्रस्ताव गरेका छन् । अबको एक महिनाभित्र मूल्यांकन प्रक्रिया पूरा गरी दुई महिनाभित्र डिटेल डिजाइन तथा निर्माणका लागि सम्झौता हुने आयोजना प्रमुख पियुस मालाकारले बताए ।

कम्पनी छनोट भएपछि उसले डिटेल सर्भे गरी डिटेल डिजाइन फिडर लाइनअनुसार भूमिगत गरिने उनले बताए । आयोजनाअन्तर्गत टेकु, बल्खु, कालिमाटी, स्युचाटार, कीर्तिपुर, बालाजु, सितापाइला, हल्चोक, डल्लुलगायत क्षेत्रको लाइन भूमिगत गरिनेछ । यस आयोजनाका लागि करिब साढे ५ अर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ ।

कसरी गरिन्छ वितरण लाइन भूमिगत ?आयोजनाअन्तर्गत सडकपेटीको डेढदेखि २ मिटरभन्दा बढी गहिराइबाट नै वितरण लाइनको तार भूमिगत गरिने छ । यसका लागि होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ (एचडिडी) प्रविधि अपनाइनेछ । यस प्रविधिअन्तर्गत सीधा र फराकिला सडकमा प्रत्येक दुई सय मिटरको दूरीमा एउटा ड्रिलिङ पोइन्ट रहने गरी ड्रिल गरिन्छ । समथर तर घुमाउरो बाटोमा म्यानुअल एचडिडी विधिअन्तर्गत आवश्यकताअनुसारको दूरीमा प्वाइन्ट रहने गरी जमिन छेडिन्छ । तर, धेरै उकालो–ओरालो र संरचना पर्ने ठाउँमा हातैले खनेर लाइन भूमिगत गर्नुपर्ने हुन्छ ।

एचडिडी मेसिन सञ्चालन गर्न सम्भव भएका क्षेत्रमा पनि रातको यातायात अवरोध नहोस् भन्नका लागि रातमा सुरुङ छोड्ने र जडान गर्ने काम गरिनेछ । एकदेखि डेढ मिटरसम्ममा हालका ढल, खानेपानीका पाइपलगायत संरचना रहेकाले तार भूमिगत गर्न समस्या नहुने काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख पियुस मालाकारले बताए । जमिनको सतहभन्दा ५ मिटर गहिराइसम्मको संरचना अध्ययन गर्न जिपिआरएस प्रविधि अपनाइने उनको भनाइ छ ।

वितरण लाइनलाई एचडिपिई प्लास्टिक पाइप राखेर त्यसभित्र तार९केबुल० राखिन्छ । ‘एचडिपिई प्रविधिको पाइप फलामजस्तै बलियो हुन्छ, यसलाई खियाले पनि खाँदैन, यो ५० वर्षसम्म टिक्छ,’ उनले भने, ‘तर, भूमिगत वितरण प्रणालीमा प्रयोग हुने एक्सएलपिई केबुलको आयु भने २५ देखि ४० वर्षसम्मको हुन्छ ।’ उनका अनुसार पाइपभन्दा अघि केबुलको आयु सकिए त्यसलाई झिकेर त्यही पाइपभित्र नयाँ केबुल राखेर विद्युत् वितरण गर्न सकिन्छ । नयाँ पत्रिका दैनिकबाट