२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

अमृत झाबारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण, रिहा भएको सूचना गलत भएको स्वीकार

अमृत झाबारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण, रिहा भएको सूचना गलत भएको स्वीकार
अमृत झा
अ अ+ अ-

काठमाडाैंः इरानको केश्म द्वीपमा पक्राउ परी हाल बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको स्थानीय अदालतमा विचाराधीन मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले उपलब्ध सबै माध्यमको प्रयोग गरी निज झाको निष्पक्ष सुनुवाइ लगायतका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा झा पक्राउ परेको पनि परराष्ट्रको भनाइ छ ।

परराष्ट्रको विज्ञप्तिमा अमेरिका-इजरायल र इरानबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनु अगावै जनवरी २०२६ को सुरुमा नेपाली नागरिक श्री झा र अन्य ६ जना विदेशीहरूलाई इरानी सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका उल्लेख छ ।

तर यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले झा मुक्त भइसकेका दाबी गरेका थिए, तर उनी अझै मुक्त हुन सकेका छैनन् ।

१५ अप्रिल २०२६  का दिन इरानका लागि नेपाली अनररी कन्सल शाहश्रम शान्टीयाहीले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा मुक्त भइसकेको भन्दै खुशीको खबर पठाएका थिए । उक्त बेहोरा परराष्ट्र मन्त्री र सचिवलाई सम्बन्धित महाशाखा प्रमुखबाट प्रतिवेदन भएको भएको पनि विज्ञप्तिमा भनिएको छ ।

“त्यहाँको विषम परिस्थितिबीच आफ्नो नागरिकका सम्बन्धमा तत्कालीन जनचासो र सञ्चार माध्यमबाट सोधिएको अवस्था एवम् निजको परिवारसमेतको जानकारीमा आइसकेको विषयलाई दृष्टिगत गर्दै सोही दिन मन्त्रालयबाट श्री झा रिहा हुनुभएको अनौपचारिक जानकारी प्राप्त भएको बारे विज्ञप्ति जारी गरिएको” भन्दै परराष्ट्रको विज्ञप्तिमा भनिएको छ,  “उक्त जानकारीकै आधारमा माननीय परराष्ट्र मन्त्रीज्यूले आफ्नो सामाजिक सञ्जालबाट पनि यो विषय सार्वजनिक गर्नुभएको हाे ।”

“निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पुरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको, तर केही दिन पछि प्राप्त जानकारी अनुसार अमृत झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले विज्ञ प्रतिवेदन तयार गर्न भनेको” भन्दै विज्ञप्तिमा “तत्पश्चात् परराष्ट्र मन्त्रीज्यूलगायतका अधिकारीहरूसँग मन्त्रालयमा भएको भेटमा निज झाका परिवारलाई  यी सबै तथ्यहरू जानकारी गराइसकिएको छ।”

इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ, विज्ञप्तिमा भनिएको छ ।