१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक भोटेकोशी नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउन नास्टको ‘ब्रेन पुलिङ’

नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउन नास्टको ‘ब्रेन पुलिङ’
अ अ+ अ-

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विदेशमा रहेका नेपाली वैज्ञानिकको ज्ञान र सीपलाई स्वदेशमा सदुपयोग गर्न ‘ब्रेन पुलिङ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संसारभर छरिएर रहेका नेपाली वैज्ञानिकहरूलाई स्वदेश फर्काउन र उनीहरूको ज्ञान–सीपलाई नेपालका लागि उपयोग गर्न नयाँ रणनीति बनाएको नास्टले जनाएको छ ।

नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलले विदेशमा रहेर विभिन्न विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकलाई नेपालमा आएर नयाँ खोज र अनुसन्धानका लागि प्रेरित गर्न ‘ब्रेन पुलिङ’ कार्यक्रम सञ्चालन हुन लागेको हो । ‘वैज्ञानिकहरूले स्वदेश फर्किएपछि यहाँ विभिन्न विषयमा अनुसन्धान गर्छन्, र त्यसले नेपालको विकास र समृद्धिलाई मद्दत पुर्याउँछ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

सो कार्यक्रमअन्तर्गत जलवायु परिवर्तन, ऊर्जा, वातावरण पूर्वाधार विकास क्षेत्र, प्राकृतिक प्रकोप, जनस्वास्थ्य तथा औषधि विज्ञान, जैविक विविधता, संरक्षण एवं प्रविधि र सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान हुने नास्टले जनाएको छ । नास्टले यसअघि सञ्चालित ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रमले विदेशमा रहेका वैज्ञानिकलाई स्वदेश फर्काउन असफल भएपछि पुनः सोही प्रकृतिको अर्को कार्यक्रम ल्याएको हो ।

‘पहिले धेरै वैज्ञानिक कार्यक्रममा सामेल हुनुभएन, अब विदेशमै बसेर पनि आफ्नो वैज्ञानिक ज्ञान र आइडिया नास्टमार्फत उहाँहरूले नेपालीमाझ पुर्याउन सक्नुहुन्छ,’ प्रवक्ता ढुंगेलले भने । नास्टले विज्ञान र प्रविधिको माध्यमबाट देशको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्य लिएको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले बताए ।

उनले भने, ‘यो कार्यक्रममार्फत विदेशमा रहेका नेपाली वैज्ञानिकलाई यहाँको आवश्यकतानुसार उनीहरूले रोजेको विषयमा चाहेअनुसार समय लिएर अनुसन्धान गर्न दिइनेछ, जसले गर्दा विदेशमा बसेर अनुसन्धान गरिरहेका नेपाली वैज्ञानिकलाई पनि स्वदेशको प्रविधि विकासमा योगदान गर्ने अवसर पनि मिल्छ ।’ उपकुलपति डा. श्रेष्ठले विदेशमा रहेका वैज्ञानिकहरूलाई स्वदेशको विकासमा सहयोग गर्न, प्रविधि हस्तान्तरण गर्न र अनुसन्धानमा योगदान गर्ने वातावरण नास्टले सिर्जना गर्न लागेको बताए ।

अनुसन्धान ल्याब बनाइने: स्वदेश फर्किएका नेपाली वैज्ञानिकका लागि नास्टले अनुसन्धान ल्याब बनाउने तयारी गरेको छ । वैज्ञानिकलाई नास्टले सम्पूर्ण सेवासुविधासमेत उपलब्ध गराउने जनाएको छ । प्रवक्ता ढुंगेलका अनुसार उनीहरूलाई बस्नका लागि स्थान, तलब भत्ता, रिसर्चका लागि आवश्यक खर्च पनि व्यवस्था नास्टले नै गर्नेछ । तर, अनुसन्धान भने परिणमामुखी हुनुपर्नेछ । ‘अनुसन्धान भनेको निरन्तरको प्रक्रिया हो’ नास्टका प्रवक्ता डा. ढुंगेलले भने, ‘तर, यो अनुसन्धान त्यस्तो होइन ।

यसमा तोकिएको समयमा देख्ने र प्रभाव पार्नेखालको अनुसन्धान हुनुपर्नेछ ।’ विदेशबाट आएका वैज्ञानिकबाट नेपाली वैज्ञानिकले व्यावहारिक ज्ञान सिक्न पाउने अवसरसमेत मिल्ने अपेक्षा नास्टको छ । विदेशमा रहेका वैज्ञानिकलाई स्वदेशमै रहन प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमले वैज्ञानिकहरूको अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन थप टेवा पुर्याउने ढुंगेलले बताए ।

विदेशमै बसेर पनि काम गर्न सकिने: नास्टले विदेशमा रहेका नेपाली वैज्ञानिकले उतै बसेर पनि नेपालका लागि योगदान गर्न सक्ने वातावरण बनाउन ‘नास्ट एमेनेन्ट फेलो’ कार्यक्रमसमेत ल्याएको छ । यसमा विश्वका विभिन्न देशमा कार्यरत वैज्ञानिक, प्राध्यापक र विद्यार्थीलाई त्यहीँ काम गर्दा–गर्दै नेपालमा योगदान पुर्याउने अवसर दिइनेछ । नास्टले पहिले सञ्चालन गरेको ‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ कार्यक्रममार्फत दुईजना नेपाली वैज्ञानिक स्वदेश फर्किएका थिए ।

तर, उनीहरूले एक वर्षसम्म अध्ययन, अनुसन्धान गरे पनि नास्टका लागि उल्लेख्य योगदान गर्न सकेनन् । नास्टले विदेशमा भएकालाई मात्र नभई त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलगायतका विश्वविद्यालयका प्राध्यापकहरूलाई विज्ञान प्रविधिसँग सम्बन्धित अनुसन्धानका लागि नास्टसँग जोडेर अघि बढ्ने योजना बनाएको जनाएको छ ।

अनुसन्धान गर्न २० लाख बजेट:नास्टले कार्यक्रममा सहभागी हुने वैज्ञानिकबाट प्रस्तावना लिनेछ । त्यसआधारमा अनुसन्धानका लागि खर्च, ल्याब र उपकरणको प्रबन्ध गर्नसमेत नास्टले बजेटको व्यवस्था गरेको छ । अनुसन्धानका लागि आएका वैज्ञानिकले जति पनि समय लिन सक्नेछन् । ‘स्वदेश फर्क, यतै बस भन्दा कोही पनि आएनन्, त्यसैले ‘थोरै समय आएर भए पनि अनुसन्धान गरेर नेपाललाई योगदान पु(याऊ’ भनेर कार्यक्रम सन्चालन हुँदै छ,’ उनले भने ।

नास्टले कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि २० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको प्रवक्ता डा. ढुंगेलले बताए । आवश्यकतानुसार आगामी वर्षमा बजेट थप गर्ने तयारी रहेको उनको भनाइ छ । कार्यक्रमका विषयमा मंसिर दोस्रो साताभित्र बस्ने प्राज्ञसभाले थप निर्णय लिनेछ । ‘नास्टको वार्षिक कार्यक्रम स्वीकृत, पुरस्कार घोषणालगायत कामका लागि प्राज्ञसभाको तयारी हुँदै छ, त्यहीँबाट ब्रेन पुलिङ कार्यक्रमले पनि तीव्रता पाउँछ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट