४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

सांसद कार्कीले संसदमा उठाए किमाथांका सडकको मुद्दा, त्रिदेशीय महत्वमा जोड

सांसद कार्कीले संसदमा उठाए किमाथांका सडकको मुद्दा, त्रिदेशीय महत्वमा जोड
अ+ अ-

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदसांसद डा। अर्जुनकुमार कार्कीले संखुवासभाको सडक पूर्वाधार तथा विशेषगरी किमाथांका सडकको त्रिदेशीय महत्वबारे जानकारी गराउनु भएको छ ।

उहाँले नेपाल, चीन र भारतलाई जोड्ने रणनीतिक महत्व बोकेको किमाथांका नाका र सडकले केवल संखुवासभाको मात्र नभई राष्ट्रिय तथा क्षेत्रीय विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले विगत दुई दशकभन्दा लामो समयदेखि स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र नागरिकहरूले किमाथांका सडक निर्माणका लागि निरन्तर दबाब दिँदै आएको स्मरण गराउनुभयो। स्थानीय नागरिकहरू स्वयं श्रमदानमा सहभागी हुँदै सडक निर्माण अभियानमा जुटेको उल्लेख गर्दै उहाँले हालै किमाथांकासम्म ट्र्याक्टर पुग्न थालेको घटनालाई ऐतिहासिक उपलब्धिका रूपमा चित्रण गर्नुभयो।

सांसद कार्कीले संसदमार्फत सरकारको ध्यानाकर्षण गराउँदै किमाथांका त्रिदेशीय व्यापार नाका र नेपालबाट ल्हासा पुग्ने सबैभन्दा सुरक्षित मार्ग मानिएको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका खण्डमा नेपाली सेनाको समेत सहभागितामा ट्र्याक खोलिएको जानकारी दिनुभयो।

उहाँले उक्त सडकलाई कालोपत्रे गर्न, १४ मध्ये स्रोत सुनिश्चित हुन बाँकी चार पुल निर्माणको व्यवस्था मिलाउन, वरुण दोभानदेखि हटियासम्मको जटिल भूगोलमा पर्ने सडकखण्ड नेपाली सेनामार्फत निर्माण गर्न तथा चतरा–लेगुवा सडकखण्डको बाँकी ११ किलोमिटर ट्र्याक खोल्न पहल गर्न सरकारसँग माग गर्नुभयो।

त्यसैगरी टुटेदेउराली–चौकी–मंगलबारे–गुफापोखरी सडकको निर्माणका लागि स्रोत सुनिश्चित गर्न तथा चैनपुर–नुनढाकी–गुफापोखरी सडक निर्माण रोकिएको र ठेकेदार सम्पर्कविहीन भएको विषयमा तत्काल निर्माण सम्पन्न गराउने व्यवस्था मिलाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

सांसद कार्कीले विकासलाई निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै संखुवासभाले विकासबारे बहस गर्न सक्ने नेतृत्व पाएको बताउनुभयो। साथै, विकास पत्रकारितामा पनि थप ध्यान दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।