२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई संसदप्रति अझ बढी जवाफदेही हुनैपर्ने व्यवस्था गरौँः युवराज दुलाल



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले उक्त आग्रह गर्नुभएको हो ।

प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रुपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद भने त्यो आलोचनाबाट मुक्त हुनेगरी संचालन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संसदीय व्यवस्थामाथि धेरै टिकाटिप्पणीहरु छन । यसलाई गफ गर्ने अखडाको रुपमा पनि आलोचना गरिन्छ । त्यसकारण यो गफ गर्ने अखडा होइन, यो काम गर्ने थलो हो । र जनताका प्रतिनिधिहरुको मर्यादित स्थान हो । र, गौरव गर्न लायक स्थान हो भन्नका लागि स्थापित गर्नुपर्ने छ एकातिर भने अर्कोतिर यसको संसदीय सर्वोच्चतालाई कायम राख्न जसरी सामन्तहरुलाई निरंकुश नहोस राजाहरु भनेर त्यतिबेला म्याग्नाकार्टा गरियो । आज पनि संसदमा जनप्रतिनिधिहरुले उठाएका जनताका भावनाहरुलाई सम्बोधन गर्नका लागि सरकारलाई जवाफदेही बनाउन र जनतामा समस्यामा काम हुने गरी संसदलाई स्थापितगराउन सरकारलाई यो संसदप्रति जवाफदेही बनाउने, प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि संसदप्रति उत्तरदायी बनाउने यो नियमावलीमा व्यवस्था हुनुपर्छ ।’

प्रमुख सचेतक दुलालले प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउने विषयमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।