२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते



अ+ अ-

काठमाडाैँ । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकी निवासी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो ।

माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका छन् ।

उहाँको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ । वडाध्यक्ष नवलसिंह रानाका अनुसार घाइते सुन्दरीयालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाका समयमा माटो खन्न गएका अन्य दुई जना भने सकुशल रहेका छन् ।