१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्स रेड कार्पेटमा नेपाली दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश



अ+ अ-

काठमाडाैँ । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली मूलका उद्यमी दम्पत्ती भूपेन्द्र खनाल र स्नेह शर्मा (खनाल) सहभागी भएका छन् । अन्तर्राष्ट्रिय घरपालुवा कुकुरका लागि बन्ने छुर्पी ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक दम्पत्तीले रेड कार्पेटमार्फत जनावरप्रतिको माया, हेरचाह र जिम्मेवार पालनपोषणको सन्देश दिएका हुन् ।

मोरङको उर्लाबारी निवासी खनाल दम्पत्तीले आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’लाई प्रेम, वफादारी र आत्मीयताको प्रतीकका रूपमा आफ्ना पोशाकमा कढाइ गरेर प्रस्तुत गरेका थिए । उनीहरूको उपस्थितिलाई घरपालुवा जनावरको कल्याण र पोषणसम्बन्धी विश्वव्यापी बहससँग जोडेर हेरिएको छ ।

भूपेन्द्र खनालले आफूले लगाएको पहिरन भारतीय शैलीको मनका गाला, नेपाली भादगाउँले टोपी र पेरिसका डिजाइनर स्टीफन कार्लोसद्वारा तयार गरिएको कालो बुटको संयोजन रहेको बताए । उनका अनुसार यसले मिश्रित संस्कृति, मौलिक पहिचान र आफ्नो यात्राको कथा प्रस्तुत गर्ने प्रयास गरेको हो ।

एक दशकअघि सामाजिक सञ्जाल विश्लेषण कम्पनी ‘सिम्प्लिफाई ३६०’ स्थापना गरेका खनाल पछिल्लो समय हिमाली छुर्पी उद्योगमा सक्रिय छन् । उनले सन् २०१५ मा स्नेह शर्मासँग मिलेर ‘डग्सी च्यू’ स्थापना गरेका थिए । कम्पनीले नेपाल र भारतका हिमाली भेगको दूधबाट तयार हुने प्राकृतिक छुर्पीलाई कुकुरका लागि स्वास्थ्यकर ‘हिमालयन याक च्यू’का रूपमा विश्वबजारमा पुर्‍याइरहेको छ ।

कम्पनीका अनुसार ‘डग्सी च्यू’ हाल ३० भन्दा बढी देशमा विस्तार भइसकेको छ । वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गर्ने उक्त ब्रान्डले घरपालुवा जनावरका लागि प्राकृतिक र स्वस्थकर पोषणको अवधारणा अघि बढाइरहेको जनाएको छ ।

सह–संस्थापक तथा प्रमुख बजार व्यवस्थापन अधिकृत स्नेह शर्माले कान्सजस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुनु आफूहरूका लागि विशेष अवसर भएको बताइन् । उनका अनुसार घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणसम्बन्धी विश्वव्यापी चेतना बढ्दै गइरहेको अवस्थामा हिमालयमा जन्मिएको ब्रान्ड अन्तर्राष्ट्रिय स्तरमा चिनिनु गौरवको विषय हो ।

यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पनि सन् २०२४ मा कान्स रेड कार्पेटमा सहभागी भएका थिए ।