२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ससदमा श्रम संस्कृति पार्टीका सांसदहरु पर्चासहित सरकारको विरोध



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मर्यादित भएर आफना गतिविधि गर्न सांसदहरुलाईं निर्देशन दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चासहित सरकारको विरोध गर्दै सभामुख आसन अगाडी वेलमा पुगेर मौन प्रदर्शन गरेपछि उहाँले त्यस्ता खालका गतिविधि संसदीय मर्यादाविपरित रहेकाले नगर्न सांसदहरुलाई सचेत गराउनुभएको हो ।

उहाँले भन्नुभयो,संसद कानून निर्माण गर्ने महत्वपूर्ण थलो हो । त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरु हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा रहेर विरोध गर्न म यहाँहरुलाई यो आदेशकै रुपमा लिइदिन जानकारी गराउँदछु ।’

अहिले पनि सो पार्टीका सांसदहरुले घाटीमा सरकारको विरोधमा लेखिएको पर्चा झुन्ड्याएर बैठकमा सहभागी हुनुभएको छ । –न्युज एजेन्सी नेपाल