२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा चार वर्षमा पनि सकिएन ५५ मिटर सडक



अ+ अ-

काठमाडौं । कैलालीको भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९÷८० मा निर्माण गर्ने भनिएको ५५ मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन । नगरपालिका–३ पडरीया चोक हुँदै ठेकीपुर हुलाकी राजमार्गसँग जोडिएको उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानबाट निर्माण गर्ने भनिएको थियो ।

जसअनुसार २०८० असारभित्रै सडक निर्माण हुनुपर्ने थियो । चार लेन सडकको हालसम्म चारपटक म्याद थप भएको छ । पछिल्लो म्याद चालु आवको असार १५ गतेसम्म छ । प्रदेश सरकारको रु ६६ लाख र स्थानीय तहको रु ६६ लाख गरी रु एक करोड ३२ लाखमा ठेक्का आह्वान गरिएको थियो । काम नभएपछि प्रदेश सरकारको अनुदान फिर्ता भयो ।

नगरपालिकाका इन्जिनियर अजय डगौराले भन्नुभयो, “निर्माण कम्पनीलाई जति ताकेता गर्दा पनि काम भएको छैन, कार्यपालिकाले म्याद थप गरेपछि कारबाहीको प्रक्रियामा जान पनि सकिएको छैन । यसपटकको कार्यपालिका बैठकले अन्तिम पटक भनेको छ ।”

उक्त सडक निर्माणको जिम्मा काफली कन्स्ट्रक्सनले पाएको थियो । नगरपालिकाले चालु आवमा आफ्नो स्रोतबाट रु १७ लाख बजेट विनियोजन गरेको छ । निर्माण कम्पनी नगरपालिकाको सम्पर्कमा पनि नआएको इन्जिनियर डगौराको भनाइ छ ।

काफली कन्स्ट्रक्सनका सञ्चालक शङ्कर शर्माले भन्नुभयो, “ठेक्का मेरो कम्पनीले पाए पनि काम गर्न भने तेस्रो व्यक्ति ज्ञानुलाभलाई जिम्मा दिएका थियौँ, तर उहाँले काम नै गर्नुभएन, अब आफैँले एक साताभित्र काम सुरु गर्छु ।”

साथै सङ्घीय सरकारको रु ५० लाख र स्थानीय सरकारको रु ५० लाख बजेटबाट हुलाकी राजमार्गअन्तर्गत भजनी नगरपालिका–३ ठेकीपुर हुँदै भजनी बजार जोड्ने चार लेनको १३० मिटर सडक कालोपत्र अलपत्र परेको छ । विसं २०८१ जेठ २४ गते बिएण्डबी कन्स्ट्रक्सनले सडक कालोपत्रेको जिम्मा पाएको थियो ।

विसं २०८२ असार २० गते सम्झौताको म्याद सकिएपछि सङ्घीय सरकारबाट आएको अनुदान पूरै खर्च हुन सकेन । त्यसपछि नगरपालिकाले आफ्नो स्रोतबाट सडक निर्माण गर्ने भन्दै रु ११ लाख बजेट विनियोजन गरी सोही वर्षको मङ्सिरभित्र सम्पन्न गर्ने गरी म्याद थपिएको थियो । त्यसपछि पुनः पुसमा अर्को म्याद थपिएको थियो । तर हालसम्म पनि काम भएको छैन ।




भर्खरै