२ भाद्र २०८३, मंगलवार
,
Latest
स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कपको उपाधि सिटीलाई, चेल्सी निराश



अ+ अ-

इङल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।

लन्डनस्थित वेम्बली स्टेडियममा म्यान्चेस्टर सिटी र चेल्सी बिचको फाइनल खेलमा सिटीका लागि एकमात्र गोल एन्टोन सेमेन्योले गरेका थिए । उनले ७१औं मिनेटमा एर्लिङ हालान्डले दिएको पासमा गोल गरेका थिए ।

करिब ८३ हजार दर्शकले खचाखच भरिएको वेम्बली स्टेडियममा पहिलो हाफको करिब आधा घन्टा केही सुस्त खेलेको चेल्सीले त्यसपछि दुबै टिमबाट निरन्तर एकअर्का विरुद्ध सुन्दर आक्रमण गरेका थिए, तर गोल भइरहेको थिएन ।

यो खेलमा पराजित भएसँगै चेल्सीले युरोपा लिग खेल्ने अवसर पनि गुमाएको छ । प्रिमियर लिगमा पनि नवौं स्थानमा रहेकाले च्याम्पियन्स लिगको दौडबाट चेल्सी बाहिरिएको छ ।

गत वर्ष म्यान्चेस्टर सिटी क्रिस्टल प्यालेससँग १-० गोल अन्तरले नै पराजित भएको थियो ।