२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा सुरक्षाबारे चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच छलफल



अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलको राजधानी ब्राजिलियामा भेटवार्ता भएको छ । उनीहरुबीच ब्राजिलियामा आयोजित ब्रिक्स सम्मेलनको क्रममा भेटवार्ता भएको हो । बीबीसीले लेखेको अनुसार भेटमा सीमा सुरक्षाको विषयमा छलफल भएको र सीमा क्षेत्रमा शान्ति कायम राख्ने विषयमा विशेष जोड दिइएको छ ।

यसबारे दुई देशका अधिकारीहरुको संयुक्त बैठक बस्ने पनि भनिएको छ । उनीहरुबीच सीमा सुरक्षाको विषयमा छलफल भएको भनिए पनि कश्मीर, लिपुलेकलगायतका मुद्दामा छलफल भयो कि भएन भन्ने कुरा खुलाइएको छैन ।

आजभन्दा पाँच वर्ष अगाडि पनि सी र मोदीबीच ब्राजिलमै भेटवार्ता भएको थियो । ब्राजिलमा भएको पछिल्लो भेटमा सी चिनफिङले चीन भ्रमणको निम्तो दिएको मोदीले उल्लेख गरेका छन् । हालै सीले भारतको भ्रमण गरेका थिए । भारत हुँदै नेपाल आएका सी दुई दिन काठमाडौंमा पनि बसेर स्वदेश फर्किएका थिए ।