६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । चितवनमा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ । गत पाँच महिना अर्थात् सन् २०२६ मा मात्र ३९ जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डा प्रमोद पौडेलले जानकारी दिनुभयो । सङ्क्रमितले पहिचान लुकाउँदा एचआइभी हुनेको सङ्ख्या वृद्धि हुने जोखिम बढेको र निर्दाेष व्यक्ति सङ्क्रमित हुने गरेको डा पौडेलले बताउनुभयो ।

जिल्लामा रहेका सङ्क्रमितमध्ये ६१६ जना पुरुष, ५९८ जना महिला, २८ जना बालबालिका र १८ जना तेस्रोलिङ्गी रहेका छन् । अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामीमध्ये चितवनका ८६८ जना, नवलपरासीका २६७ जना, मकवानपुरका २५ जना, तनहुँका ३३ जना, गोरखाका ३० जना र तराई भेगका ३७ जना रहेको डा पौडेलले जानकारी दिनुभयो ।

चितवन जिल्लाका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका ४७७ जना, रत्ननगरका १०१ जना, खैरहनी नगरपालिकाका ६१ जना, राप्ती नगरपालिकाका ५९ जना, कालिका नगरपालिकाका ५६ जना, इच्छाकामना गाउँपालिकाका १३ जना, माडी नगरपालिकाका १२ जना रहेका छन् ।

डा पौडेलले भन्नुभयो, “सरकारी स्वास्थ्य संस्थामा ‘कण्डम’ वितरणमा कमी आउँदा समस्या आएको हो, एचआइभी एड्स न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धिसहित एकीकृत कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।” एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०२६ मा मात्र ७१ जना नयाँ एचआइभी एड्स सङ्क्रमित औषधि सेवन गर्न आएका छन् ।