३१ श्रावण २०८३, आईतवार
,
Latest
मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

 सभामुख अर्याल र जापानी राजदूत माएदा तोरुबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड



अ+ अ-

काठमाडौँ । नेपालका लागि जापानका राजदूत महामहिम माएदा तोरुले सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

संघीय संसद भवनमा भएको भेटमा नेपाल–जापानबीचको लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध पक्षमा विस्तृत छलफल भएको हो। भेटका क्रममा सभामुख अर्यालले दुई देशबीचको सम्बन्ध ऐतिहासिक र विश्वासमा आधारित रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाइने विश्वास व्यक्त गर्नुभयो।

सभामुख अर्यालले नेपालको विकास प्रयासमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विशेषगरी पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रको योगदानलाई उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले आगामी दिनमा पनि यी क्षेत्रमा सहकार्य विस्तार हुने अपेक्षा राख्नुभयो।

त्यसैगरी, जापानी राजदूत माएदा तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै दुई देशबीचको आपसी सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकास साझेदारी र आपसी हितका क्षेत्रमा निरन्तर सहकार्य जारी रहने विश्वाससमेत दिलाउनुभयो।

नेपाल–जापान सम्बन्धलाई थप प्रभावकारी बनाउन दुवै पक्ष सकारात्मक रहेको बताइएको छ।




भर्खरै