६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ: ऊर्जामन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आज राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अवलोकन गर्ने क्रममा प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

“प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ, सरकार तपाईँहरूको साथमा छ, परिणाममुखी भएर काम गर्नुहोस्”, मन्त्री श्रेष्ठले भन्नुभयो । उहाँले मुलुकको समग्र ऊर्जा विकासका लागि प्रसारण पूर्वाधार निर्माण नै सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले कम्पनीलाई स्पष्ट खाकासहित अगाडि बढ्न र निर्धारित लक्ष्य समयमै प्राप्त गर्न निर्देशन दिनुभयो ।

कम्पनीको कार्यसम्पादनमा आवश्यकपर्ने बजेट तथा दक्ष जनशक्तिको कुनै पनि कमी हुन नदिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो ।

सो अवसरमा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले नेपालको जलविद्युत् क्षेत्रको विकास र ऊर्जा सुरक्षा सुनिश्चित गर्न प्रसारण ग्रिडले काम गरिरहेको बताउनुभयो । अवलोकनमा मन्त्रालयका ऊर्जा सचिव चिरञ्जीवी चटौत, प्रशासन शाखा प्रमुख रुद्रसिंह तामाङलगायतको सहभागिता रहेको थियो ।