५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने



अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको ‘स्पेसिफिकेसन’ अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने मन्त्रालयका कृषि अर्थ विज्ञ महानन्द जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रासायनिक मल, तत्वीय संरचना, न्यूनतम अधिकतम पोषक तत्वको मात्रा, भौतिक तथा रासायनिक गुणस्तर भएको मलमात्र पैठारी एवं बिक्रीवितरण गर्न पाइने व्यवस्था छ । मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ ।

बजारमा पाइने रासायनिक मलको मूल्य, स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर एकिन गरी खरिद गर्न मन्त्रालयले आह्वान गरेको छ ।