५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु २१ घाइते



Smoke billows after an artillery shell landed in the main town of Poonch district in India’s Jammu region on May 7, 2025. At least eight Indians were killed and 29 others wounded Wednesday in the town of Poonch in Kashmir, close to the de facto border with Pakistan, a local Indian government official said. (Photo by Punit PARANJPE / AFP)
अ+ अ-

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु, हुनुका सनथै २१ जना घाइते भएको जनाइएको छ ।

बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती बमले भरिएको गाडीमा ठोक्किएर विस्फोट भए पछि सुरक्षाकर्मीको मृत्यु भएको र प्रहरीले जनाएको छ । बजौर जिल्लाको स्काउट्सको मुख्यालयमा स्थानीय समय अनुसार वेलुका ७ः५५ मा विस्फोट भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।

स्रोतहरूबाट प्राप्त प्रारम्भिक जानकारीका अनुसार, विस्फोटक पदार्थले भरिएको गाडी स्काउट परिसरको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले यसलाई रोक्ने प्रयास गरे पछि गेट र वरपरका पर्खालहरूलाई क्षति पुग्ने गरी विस्पोट भएको जनाइएको छ ।

विस्फोट पछि, भारी हतियारधारी आतङ्ककारीहरूले गोला बारी गर्दा मुख्यालय भित्र तैनाथ सुरक्षा बलहरूसँग गोलीबारी सुरु भएको स्रोतले जनाएका छन् । गोलीबारी कम भए पछि परिसर भित्र उद्धार र निकासी कार्य सुरु गरिएको जनाउदै अधिकारीहरूले मृतक तथा घाइतेहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताएका छन् ।

गोली हानाहानको क्रममा धेरै आतङ्कवादीहरू पनि मारिएको स्रोतहरूले बताएका छन् । सुरक्षा बलले यस क्षेत्रमा अपरेसन जारी राखेको कारण क्षतिको प्रकृति र सीमाको अझै पनि मूल्याङ्कन भइरहेको जनाइएको छ ।

घाइते सैनिकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ भने अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।